काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २४४ नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न देशहरुमा नेपालीहरुले ज्यान गएको छ ।
मेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापानसहित १७ मुलुकमा कोरोना संक्रमणबाट उनीहरुले ज्यान गुमाएका हुन् । गत साता बेलायत, स्पेन र भारतलगायत देशमा कोरोना सङ्क्रमणदर सामान्य रुपमा वृद्धि भएको समितिका संयोजक सञ्जीव सापकोटाले जानकारी दिए ।
हालसम्म विश्वका ४२ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् ।कोरोनाका कारण विदेशमा अलपत्र ६९ हजार नेपालीको उद्धार गरिएको समितिले जानकारी दिएको छ । योसँगै नेपालमा ४०१ र विदेशमा २४४ गरी जम्मा ६४५ नेपालीको निधन भएको संघले जनाएको छ ।