आज :

मंगलबार अहिलेसम्मकै धेरै २२८७ जनाले कोरोना जिते, निको हुनेको संख्या ३२ हजार ९६४ पुग्यो

काठमाडौँ । नेपालमा अहिलेसम्मकै धेरै जनाले कोरोना भाइरससँग जितेर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट गरी जम्मा २ हजार २ सय ८७ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबारसम्म कुल कोरोना जित्नेको संख्या ३२ हजार ९६४ पुगेको छ । त्यसैगरी मंगलबार थप ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रवक्ता जागेश्वर गौतमका मंगलबार कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेमने छ ।

त्यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५३ रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ८१५ जना रहेका छन् । यस्तै आज १० हजार ६११ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रवक्ता गाैमले पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाबाट ज्यान गएको जानकारी दिए । योसँगै ज्यान गुमाउनेको संख्या ३०६ पुगेको छ। त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। प्रवक्ता गौतमका अनुसार काठमाडौंका ३००, भक्तपुरका ५८ र ललितपुरका ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ३९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

  • फाइल फोटो

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal