आज :

अग्नी पीडितलाई भोलि राहत लिएर मन्त्री रावल हुम्ला जाँदै

काठमाडौं । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल भोलि अर्थात भदौ १९ गते शुक्रबार रोडिकोटका अग्नी पीडितलाई राहत लिएर जाने तयारी भएको स्वकीय सचिब नन्दबहादुर रोकायाले बताए । मन्त्री रावल आज विहानै घटना स्थल जानको लागि अत्यावश्यक राहतका सामग्रीहरुसहित तयार रहेको तर हेलिकप्टर शुक्रबारका लागि मात्र तयार भएकोले रोकीएको मन्त्रालयको सचिवालयले बताएको छ ।

सो आगलागिमा परेर ६ घर पूर्णरुपले नष्ट भएको र ९ वटा घर आंशिक रुपमा नष्ट भएसँगै करिब ६० लाख बराबरको धनमालको क्षति भएको सर्केगड गाउँपालिका स्रोतले बताएको छ । सो अगलागी बारे जानकारी पाएपछि मन्त्री रावलले छिटो भन्दा छिटो राहत दिने तथा घटन स्थलको अवलोकन गर्ने तयारी गरेका जनाइएको छ । हिजो राति घटना बारे थाहा पाए लगत्तै लत्ताकपडा, खाद्यन्न, भाँडाकुडा लगायतका अत्याबश्यक सामग्री जम्मा गर्ने तयारीमा लागेको सचिबालयले अनलाइन डबलीलाई जानकारी दियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal