काठमान्डौं । रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच पाटनको पुल्चोकमा झडप भएको छ । निषेधाज्ञाका बाबजुद स्थानीय प्रशासनको वेवास्ता गर्दै रथ तानेको भन्दै प्रहरीले अवरोध गर्न तथा भीडलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्याँस हानेपछि स्थानीय युवाले रथ तान्न अवरोध गरेको भन्दै प्रहरी माथि ढुंगा प्रहार गरेका थिए । दुबै पक्ष यस्तो त्रियाकलापले उग्र रुप लिएपछि झडप भएको हो ।
त्यस पछि रातो मत्स्येन्द्रनाथ रथ यात्रा बारे सरकार गम्भीर नभएको भन्दै पाटनबासीले पुल्चोकमा भेला भएर विरोध प्रदर्शन गरेका थिए । त्यस्तै उनिहरुले सामाजिक दूरी अपनाएर रथ तान्दा पनि प्रहरीले हस्तक्षेप गरेको र परम्परा रोकिएको भन्दै आक्रोशित भएका छ्न ।
महानगरीय प्रहरी परिसर ललितपुरको एसएसपी टेकप्रसाद राईले दिएको जानकारी अनुसार पानीको फोहोरा हान्दा समेत वेवास्ता गरेपछि लाठचार्ज गर्नुपरेको हो । उनले भने कोरोनाका कारण सरकारले भेला भएर विभिन्न चाडपर्व मनाउन निषेध गरेको छ । निषेधाज्ञा तोडेर रथ तान्न थालेपछि झडप भएको हो ।
अहिले त्यहा स्थानीयहरु तितरबितरभईसकेको छन् भने रथलाई प्रहरीको समूहले सुरक्षा दिएको छ । त्यस्तै त्यहा सशस्त्र प्रहरीसमेत ठूलो संख्यामा परिचालन गरिएको छ । सडकको बीचमा ठूलो संख्यामा प्रहरी सडकबाट भीड पन्छाएर रथलाई घेरेर बसिरहेका छन । तर अहिले पनि तनाव कायमै छ भने युवाहरुले रथ सडकको बीचमा पु¥याएका थिए ।
असार १० बाट रथ निमार्ण सुरु भएपनि यो चोटि लामो समयदेखि थाती रहँदै आएको रथलाई निषेधाज्ञाकै बीचमा तानिएको हो । चलन अनुसार भोलिपल्टदेखि रथ बनाउदैनन् । यस अघि गत चैत २७ गते मच्छिन्द्रनाथको निर्माण समय तोकिए पनि कोरोनाको कारण रोकिएको थियो ।