आज :

भारतमा कोरोना नियन्त्रण बाहिरः विश्वमा खतराको तेस्रो नम्बरमा, २० हजारले ज्यान गुमाए, ७ लाख बढी संक्रमित

काठमाडौं । भारतमा कोरोना भाइरस नियन्त्रण बाहिर गएको छ । मंगलरबा विहानसम्म आउँदा २० हजार जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा २२ हजारभन्दा बढीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

विश्वको बढी खतरा रहेका देशहरुको तेस्रो सूचीमा उक्लिएको भारतमा पछिल्लो २४ घण्टामा थप ४६७ जनाको ज्यान गएको छ । योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या २० हजार नाघेको छ । भारत सरकारले औपचारिक रुपमा सार्वजनिक गरेको विवरण अनुसार मंगलबार विहानसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या २० हजार १८४ पुगेको छ ।

त्यसैगरी संक्रमितको संख्या सात लाख नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सात लाख १९ हजार ६६५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका २२ हजार २५२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै यो संख्या पुगेको हो ।

भारतीय संचारमाध्यमहरुका अनुसार सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका दुई लाख ११ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै ९ हजार २६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै तामिलनाडुमा पनि एक लाख १४ हजारभन्दा धेरै संक्रमित भएका छन् भने ज्यान गुमाउने संख्या एक हजार ५ सय ७१ पुगेको छ ।

त्यसैगरी संक्रमित र ज्यान गुमाउनेमा सबैभन्दा बढी राजधानी दिल्लीमा रहेका छन् । एक लाखभन्दा धेरै संक्रमित हुँदा ३ हजार ११५ जनाले ज्यान गुमाएका छन् । उत्तर प्रदेशमा अहिलेसम्म २८ हजारभन्दा बढीमा कोरोना संक्रमण भएको छ भने ८०९ जनाले ज्यान गुमाएका छन् । पश्चिम बंगालमा पनि २२ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ७७९ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी बिहार सरकारले तुलनात्मक रुपमा कोरोनालाई नियन्त्रणमा राखेको छ । अहिलेसम्म १२ हजारमा कोरोना संक्रमण भएको छ भने ९७ जनाले ज्यान गुमाएका छन् । भारतमा संक्रमणको तुलनामा निको हुनेको संख्या कम रहेपनि अहिलेसम्म चार लाख ३९ हजार ९४८ जनाले कोरोनासँग जितेर घर फर्केका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal