आज :

विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

  • अनलाइन डबली

काठमाडौं । आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि काठमाडौंको कीर्तिपुर र मूलपानी मैदानमा हुनेछन् ।

जसको खेलतालिका सार्वजनिक भएको छ।

सार्वजनिक गरेको तालिकाअनुसार घरेलु टोली नेपालले इटलीसँग  डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गते खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ ।

नेपालले आफ्नो दोस्रो खेल मंसिर २० मा युगाण्डासँग खेल्नेछ । त्यसपछि नेपालले मंसिर २४ मा युएई, २६ मा जर्सी र २८ गते क्यानडासँग खेल्नेछ । त्यस्तै, नेपालले पुस ३ मा नामिबिया र ६ मा कुवेतसँग खेल्ने तालिका छ ।

यो प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता रहनेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को पुछारमा रहेका नेपाल, नामिबिया, क्यानडा र युएईसँगै च्यालेन्ज लिगबाट छनोट भएका इटाली, कुवेत, युगान्डा र जर्सीले प्रतिस्पर्धा गर्नेछन् ।

अङ्क तालिकाको शीर्ष चारमा रहने टोलीले सन् २०२७ को एकदिवसीय विश्वकप ग्लोबल क्वालिफायरमा आफ्नो स्थान सुरक्षित गर्नेछन् । लिग–२ को शीर्ष चारमा रहेका अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमान भने सिधै ग्लोबल क्वालिफायरमा प्रवेश गरेका छन् ।

नेपालले खेल्ने सबै खेल कीर्तिपुरमा हुनेछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal