काठमाडौँ । सुर्खेत निवासी सबिता शाही शाहीले केही दिनअघि संवाद डबलीमा ज्योति शाहीले पत्रकार सम्मेलन गरेर आफू र आफ्नो परिवारमाथि तथ्यहिन र भ्रामक आरोप लगाएको भन्दै आपत्ति जनाएकी छन् ।
संवाल डबलीमा गरिएको पत्रकार सम्मेलनको समाचार ‘प्रहरीले पीडकलाई नपक्रेपछि अपाङ्गता भएकी महिला पुगिन् सोभा पाठकलाई गुहार्न’ शिर्षकको समाचार अनलाइन डबली डटकममा प्रकाशित गरिएको थियो ।
अनलाइन डबली डटकमलाई इमेलबाट समाचार खण्डन गरिपाउँ भन्दै प्राप्त पत्रमा शाहीले आफ्नो पतिलाई ज्योति शाहीले ललितपुर जिल्ल अदालतमा जबरजस्त करणीको जाहेरी दिएको र अदालतले सफाई दिइसकेको दाबी गरिकी छन् ।
शाहीले पठाएको पत्र जस्ताको त्यस्तैः
मिति: २०८३ साल कार्तिक ०९ गते
श्री मान प्रधानसम्पादक
“सम्बाद डबली”अनामनगर
काठमाडौ ।
विषय: तथ्यहिन, भ्रामक, कपोकल्पित तथा चरित्र हत्या गर्ने उद्देश्यले गरिएको प्रेस मीटको घोर खण्डन गरि पाउ।
गत मिति २०८३ साल असोज २२ गतेका दिन ‘सम्बाद डबली’ नामक मिडिया मार्फत ज्योति शाही र शोभा पाठक द्वारा आयोजित प्रेसमीट (पत्रकार सम्मेलन) गरी विभिन्न सामाजिक संजाल र विभिन्न सञ्चार माध्यममा म र मेरो निर्दोष परिवारलाई लक्षित गरी लगाइएका गम्भीर आरोपहरू प्रति हाम्रो ध्यानाकर्षण भएको छ। उक्त प्रेस मीटमा हाम्रो फोटो समेत सार्वजनिक गर म र निर्दोष मेरो परिवारको सामाजिक प्रतिष्ठा र चरित्र हत्या गर्ने निकृष्ट कार्य गरिएको हुँदा उक्त भ्रम चिर्न यो विज्ञप्ति जारी गरिएको छ।
यस सम्बन्धी वास्तविक सत्य तथ्य यस प्रकार रहेको छ:
१. विपक्षी ज्योति शाहीले मेरो श्रीमान विरुद्ध ललितपुर जिल्ला प्रहरी परिसर जावलाखेलमा ज.क. सम्बन्धी जाहेरी दर्ता गरेकी थिइन्। उक्त जाहेरीका आधारमा मिति २०८२/०९/०७ गते प्रहरीले नियन्त्रणमा लिई २८ दिन हिरासत र ४० दिन थुनामा राखी अनुसन्धान र अदालती प्रक्रिया अघि बढेको थियो।
२. उक्त मुद्दामा सम्मानित जिल्ला अदालत ललितपुरले मेरो श्रीमानलाई पूर्ण रूपमा सफाइ (निर्दोष साबित) दिइसकेको छ। अदालतको फैसला सर्वोपरी हुन्छ।
३. अदालतबाट सफाइ पाएपछि मेरो श्रीमान लाई मैले गल्ती गरे म माफी माग्न चाहान्छु भनी भेट्न बोलाएर विपक्षी ज्योति शाहीले आफ्ना आफन्त र साथीहरूको समुहमा ल्याएर मेरो श्रीमान संग ४० लाखको घडेरी, ५ तोला सुन र ५ लाख नगद को माग गर्दा मेरो श्रीमानले मेरो केही पनि गल्ती छैन भनी केही पनि दिन नमान्दा निज अन्यायी ज्योति शाही,उनकी मम्मी,जानकी चन्द,दीक्षा शाह,शंकर शाही शंकर शाहीकी धर्मपत्नी र उसको समुहमा आएका अन्दाजी १०/१५ जनाको समूहले मेरो श्रीमान माथी पेट्रोल छर्केर मार्न खोजेका थिय।
उत्त घटनाको म संग अडियो, भिडियो, फोटो कुनै पनि प्रमाण नभएता पनि उत्त घटनाका प्रत्यक्षदर्शी भने अझै छदैछन।आवश्यकता परेमा म प्रत्यक्षदर्शी उपस्थित गराउन सक्छु।उत्त घटना पछि मेरो श्रीमान वैदेशिक रोजगारीका लागि विदेश जानुभएको हो। त्यसपश्चात् मेरो र मेरो श्रीमान बीच कुनै पनि प्रकारको सम्पर्क वा कुराकानी भएको छैन।
अदालतले सफाइ दिइसकेको स्थापित तथ्यलाई लुकाएर, रिसइबी साध्ने र आर्थिक वा अन्य अनुचित लाभ लिने दुराशयले विपक्षीहरूले “श्रीमानलाई लुकाएर राखेको” भगाएको भन्दै बारबार म र मेरो निर्दोष परीवारलाई फोन मार्फत गाली बेइजत गर्न,चरीत्रहत्या गर्ने,काट्दिन्छु र मारदिन्छु भनी धाकधम्की दिदै आइरहेकि थिइन।यतीमात्र नभएर सामाजिक संजालमा fake id, fake user name, fake photo राखेर facebook, tiktok, whatsapp र youtube channel मा मेरो र मेरो निर्दोष परियारलाई नानाथरी गाली बेइजत गरेर photo post गर्ने video बनाएर post गर्ने अनि यस्तै photo video मेरो आफन्तलाई share गरेर भ्रम फैलाउने काम गरीरहेकी थिइन।
यतीमात्र नभएर मेरो श्रीमानको फोटो post गर्दै photo मा Rip लेख्ने, हार्दिकशर्दान्जली लेखेर पोस्ट गर्ने। यदी अन्यायी ज्योति शाहीलाइ मेरो श्रीमान मरेको वा मारेको भए म लगायत मेरो परीयार खबर गर्नुपर्ने ।किन म र मेरो निर्दोष परीयार प्रती बारबार हमला किन गर्नु।अर्को कुरा यदी मेरो श्रीमानलाइ रिप हार्दिकशर्दान्जली लेखी आफै पोस्ट गरेपछि फेरि किन खोज्नु। मरेको मान्छेलाई खोजेर हुन्छ ।फेरि न्याय चाहियो आफै भन्छ मरेको मान्छेबाट न्याय कता बाट पाइन्छ। यस्तै व्यबहारले मलाई शंका लाग्न थालेको छ अन्यायी ज्योति शाही र उसको समुहप्रती कतै मेरो श्रीमानलाइ मारेर मिडिया, सामाजिक संजालमा आउनु कारण आफ्नो अपराध छुपाउनलाइ त होइन।
यस्तै त्रियाकलाप बारबार दोहोरीएको देखेर मैले यस्तो किन गरीराकी यस्तो नगर यदी तिमीलाइ अन्याय परेको छ भने कानुनी रुपमा अगाडि बढ यदि दोषी भय कानुनी कारबाही गर यसमा मेरो र निर्दोष परिवारको कुनै पनि दोष छैन।मलाइ र मेरो परिवारलाइ गालीबेइज्जत गरेर ,सामाजिक सन्ज्याल मा फोटो भिडियो हालेर तिम्ले न्याय पाउने हैन तिमीले म र मेरो परीयार प्रति अन्याय गरीरहेकी छौ।
न्याय पाउन सम्बन्धित निकाय मा जाउ भनी मैले बारबार सम्झाउदा पनि मेरो कुरा नटेरी,नसुनी बारम्बार फोन गर्दै आफू र अरु लाई पनि फोन गर्न लगाइ बारम्बार धाकधम्की दिन नछोडे पछि र सामाजिक सन्ज्याल मा फोटो भिडियो हाल्न बन्द नगरे पछि मैले आफ्नो र आफ्नो परीवारको अपमान,बेइज्जत चरीत्रहत्या सहन नसकी इलाका प्रहरी कार्यालय छिन्चुमा निज अन्यायी ज्योती शाही विरुद्ध निवेदन दियकी थिय उक्त इ.प्र.का. छिन्चुले फोन गर्दा निज ज्योती शाही ले फोन मार्फत कुरा गर्दै अब देखि गाली बेइज्जत गर्दैन र समाजिक संजाल को सबै photo video हटाउछु आज बाट हाल्दैन(post) गर्दैन भनेको थिइन।
केहि दिन पछि पुनः इ.प्र.का. छिन्छुको कुरालाई अटेर गरि फोटो भिडियो सामाजिक संजालमा post गर्न थाले पछि म पुनः इ.प्र.का छिन्चुमा गएर कुरा गरे पछि इ.प्र.काले हाम्रोमा साइबर सम्बन्धि कारबाही हुदैन जि.प्र.का सुर्खेत गएर जाहेरी दर्ता गर्न भने पछि म सुर्खेत जि.प्र.कामा गएर निवेदन सहित जाहेरी दिए जाहेरी दर्ता गर्दा जि.प्र.का सुर्खेत मुद्दा फाट बाट निज ज्योति शाही लाई फोन गर्दा म अबदेखी गर्दैन त्यस्तो कार्य ।जाहेरी दर्ता नगरीदिनु म 3/4 दिनमा आएर छलफल गर्छु भने पछि जि.प्र.का सुर्खेतले मलाइ केही दिन पर्खनु भनेपछि म पर्खेर बसेकी थिय।फेरि केही दिन पछि जि.प्र.का सुर्खेत लाई पनि अटेरी गर्दै आफ्नो पुरानै गतीबिधी दोहोर्याउन थालीन।मीती २०८३/साउन/०४ म बस्ने ठाउँ र मैले काम गर्ने ठाउँमा छिन्चु सुर्खेतमा निज ज्योति शाही,चन्र्दा शाही र उसका साथीहरुको समूहमा आएर मेरो काम गर्ने अफिसमा समेत आएर मलाइ अपशब्द प्रयोग गर्दै गाली बेइज्जत गरेर काट्नेमार्नी धाकधम्की दिदै चरीत्रहत्या गरेकी थिइन।यतीमात्र नभएर राती 7/8 बजे तिर म बस्ने कोठामा प्रहरी ल्याएर खानतलासी गर्न लगाएकी थिइन।खानतलासी पछि पनि केही नभेटेपछि आफू र आफ्ना साथीको समुहलाइ रातभरी मेरो कोठाको बाहिर राखेर गाली बेइज्जत गर्दै बाहीर निस्क खुकुरीले घाँटी काटी दिन्छु भन्दै मेरो ज्यान लिने प्रयास गरीकी थिइन।
मेरो छिमेकीले अप्रिय घटना नघटोस भनी मलाइ कोठा बाहिर आउन नदिएका थिय।अनि मेरो छर छिमीकी संग म उसको पहिलो श्रीमती हु म संग सबै प्रमाण छ्न भनेर भन्दै थिइ।अहिले मिडियामा आएर बिहे गरेको होइन मलाइ प्रयोग गरेको भन्छ। ललितपुर प्रहरी परीसर जावलाखेलमा ज.क. भनेकी थिइ।
फेरि ललितपुर जिल्ला अदालतको बकपत्रमा हाम्रो केही पनि सम्बन्ध छैन मैले अरुको लैलैमा,उक्सावटमा लागेर अरुको कुरा सुनेर रीस,आवेगमा आएर लोभ लालचमा फसाउन खोजेकी हु।उसको केही गल्ती छैन उ निर्दोश छ सबै गल्ती मेरो हो भनी बकप्रत्र गरेकी छ।अर्कोकुरा अन्यायी ज्योति शाही आफुलाइ अपांग भएको र हु भन्ने कुरा गर्दै सबैको साहानुभुती बटुल्दै हिडेकी छ।यही अपांगताको फाइदा उठाउदै सबैलाइ भ्रमीत गरीरहेकी छ बास्तबिकतामा अन्यायी ज्योति शाहीले सपाङग बिद्यालयबाट माध्यमिक शिक्षा, उच्च माध्यमिक शिक्षा, स्नातक र अहिले p.k. campus बाट स्नातकोत्तर गरीराकी छ फेरि काठमाडौमा कोठाभाडामा लगी आफ्ना दिदीभिनाजु को छोरा र छोरीको रेखदेख गरि पढाईराकि मान्छे कसरी अपांग मान्न सकीन्छ।मैले पनि पहिला अपांग सोचेर जे बोले पनि जे भने पनि मेरो जति बेइज्जत र चरीत्र हत्या गरे पनि म पनि महिला हु भनेर सहेर केही पनि नगरेर चुपचाप बसेकी थिय।म चुपचाप बसेको फाइदा उठाएर अती गर्न थाले पछी म पनि कानुनी ढोका ढकढक्याउनु बाध्य भएकी हु। उ पनि महिला म पनि महिला हु कसले कति अन्याय र अत्याचार गरेको छ भने कुरा कसलाई कति अन्यायी परेको छ भन्ने कुरा अब आफै भन्नुहोस् र बुज्नुहोस यसको कुरामा कति सत्यता छ भन्ने। अर्को कुरा प्रेस मीटमा उठाइका ३ वटा प्रसङ्ग बुदागत रुपमा ।।
क) मेरो श्रीमानलाई शारीरिक,मानसिक र आर्थिकरुपमा शोषण गरेको भन्ने:- मेरो श्रीमान बिगत ५/६ बर्ष देखि वैदेशिक रोजगारी सिलसिलामा uae मा रहेको मान्छेले कसरी शारीरिक शोषण गर्न सक्छ।निज अन्यायी ज्योति नेपालमा र मेरो श्रीमान uae मा। मानसिक शोषण मैले भेटेको बेला मेरो श्रीमानको मोबाइल हेरेकी थिय। मेरो श्रीमानको सामाजिक संजाल facebook, whatsapp, imo,tiktok मा कुनै पनिमा निज ज्योति शाही को कुराकानी भएको र साथी पनि भएको भेटाइन। र आर्थिकको कुरा गर्दा मेरो श्रीमानले निज ज्योति शाही लाई सापटी दिएको कुरा मलाइ मेरो श्रीमानले भनेको छ।
ख) घरपरिवारले होस्टाइला गरेको भन्ने:- प्रहरी परीसर जावलाखेलमा ज.क. को आरोप लगाउनु भन्दा पहिले म र मेरो परीवारका कसैले पनि निज ज्योति शाहीलाइ नदेखेका थिए न चिनेका थिय।त्यसै केस पछि मात्र देखेका र चिनेका हौ।अनि मेरो जेठाजू र फुपुसासु सामान्य लेखपढ मात्र भएकोले कसरी मास्टर्स डिग्री गरेको ज्योति लाई होस्टाइल गर्न सम्भब हुन्छ। निज ज्योति नत बालक हो नत अन्जान हो नत अशिक्षित हो फेरि कसरी समान्य मान्छेले ललाइफकाइ,लोभ लालचमा पार्न सक्छ्न।
ग) मेरो चरीत्रहत्या गरी मैले पहीला पनि बिहे गरेको र मेरो श्रीमान बिदेश गएको १५ दिनमा अर्को बिहे गरेको भनी सामाजिक संजाल र सञ्चार माध्यममा मेरो चरीत्र हत्या गर्दै बेइज्जत र अपमान गरेकी छ। यो कुरा नारीको लागि सबैभन्दा ठूलो नारी अस्तित्वमाथीको अपमान हो। यसरी यति ठूलो आरोप लगाएकी छ । यदी म माथी लगाएको आरोप र म माथी जिबनभर कहीलै नमेटीने दाग लगाएकी छ। मैले घरपरिवार,समाजमा,आफन्त र साथीहरूको सामु मुख नदेखाउने गरी मेरो चरीत्रहत्या गरेको छ ।मैले कहिले बिहे गरेकी थिय र को संग बिहे गरेकी थिय यो कुरा निज अन्यायी ज्योतिले प्रमाणीत गरेको हुनुपर्छ होइन भने निज अन्यायी ज्योति शाहीलाइ कडा भन्दा कडा कानुनी कारबाही को माग गर्दछु। मलाई कानुनमाथी पुर्ण भरोसा छ म माथी भएको अन्यायको न्याय पाउने छु भन्ने पर्खाइमा छु।
एकपक्षीय र अपुष्ट कुराहरूलाई स्थान दिई म र मेरो निर्दोष परीवार फोटो मिडियामा प्रदर्शन गरेका छन्। एकल महिला वा परिवारका सदस्यहरूलाई यसरी सार्वजनिक रूपमा मानसिक तनाव दिने र सामाजिक रूपमा बहिष्कृत गर्न खोज्ने कार्य कानुनी अपराध हो।
हामी यस प्रायोजित र पूर्वाग्रहप्रेरित प्रेस मीटको घोर खण्डन र भत्सर्ना गर्दछौं। एकपक्षीय रूपमा सत्यता जाँच नगरी कसैको चरित्र हत्या गर्ने सामग्री प्रसारण गर्ने विभिन्न मिडिया,सञ्चार माध्यम, सामाजिक संजाल र चरित्र हत्या गर्ने विपक्षीहरू ज्योति शाही तथा शोभा पाठक विरुद्ध हामी प्रेस काउन्सिल नेपाल, साइबर ब्युरो तथा सम्मानित अदालतमा गाली बेइज्जती (मानहानी) को मुद्दा दर्ता गर्ने प्रक्रियामा छौं।
आम जनसमुदाय, सञ्चारकर्मी र न्यायप्रेमी महानुभावहरूलाई यस्ता प्रमाणहीन, अदालतको फैसला विपरितका भ्रामक र कपोकल्पित प्रचारको पछि नलाग्न हार्दिक अनुरोध गर्दछौं।
निवेदक:
सबिता शाही शाह
भेरीगंगा- १० सुर्खेत


अनलाइन डबली

