आज :

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष पण्डितले सम्हाले जिम्मेवारी

  • अनलाइन डबली

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

उनले सोमबारबाट कार्यभार समेत सम्हालेका छन् । सूचना तथा सञ्चार मन्त्री डा.बिक्रम तिमिल्सिनासँग नियुक्ति पत्र बुझ्दै उनले औपचारिक रूपमा कार्यभार सुरु गरेका हुन् ।

मन्त्री तिमिल्सिनाले पण्डितलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना दिए ।

सो अवसरमा डा. तिमिल्सिनाले बोर्डलाई सबै चलचित्रकर्मीको साझा संस्था बनाउँदै चलचित्र क्षेत्रको विकासका लागि ठोस काम गर्न आग्रह गरे ।

सो अवसरमा मन्त्री तिमिल्सिनाले बोर्ड सबैको साझा हुन सकेन भन्ने गुनासो रहेको उल्लेख गर्र्दै चलचित्रकर्मीहरूले वर्तमान सरकारबाट ठूलो अपेक्षा राखेको बताए ।

उनले नवनियुक्त अध्यक्ष पण्डितका लागि वास्तविक परीक्षा अब सुरु भएको उल्लेख गर्दै आफ्नो कार्यकाल बोर्डको इतिहासमा उदाहरणीय बन्ने गरी काम गर्न सुझाव दिए ।

सो अवसरमा बोर्डको अध्यक्षका लागि जम्मा १२ आवेदक परेपछि प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा उत्कृष्ट तीन जनाको नाम मन्त्रालयसमक्ष सिफारिस गरिएको जानकारी गराइयो ।

सो सोमध्येबाट नेपाल सरकार, मन्त्रिपरिषद्को गत असोज ३० गतेको निर्णयबाट पण्डितलाई अध्यक्षमा मनोनयन गरिएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal