आज :

मिथिलामा धुमधामका साथ कोजाग्रत पूर्णिमा मनाइँदै, यस्तो छ महत्व

  • अनलाइन डबली

जनकपुरधाम । मिथिलासहित प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ कोजाग्रत पूर्णिमा मनाइँदैछ । दुर्गापूजाको समापनसँगै मनाइने कोजाग्रत पूर्णिमालाई मिथिला क्षेत्रमा विशेष हर्षोल्लासका साथ मनाउने परम्परा छ । यसलाई शरद् पूर्णिमा पनि भनिन्छ ।

आजको दिन चन्द्रमा सोह्र कलाले पूर्ण हुने भएकाले यसको विशेष धार्मिक महत्व रहेको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले बताए । उनका अनुसार आजको दिनलाई महारासको दिनका रूपमा पनि मानिन्छ । धार्मिक मान्यताअनुसार आजकै दिन देवीदेवताहरूले रूप परिवर्तन गरी भगवान् कृष्ण र गोपीहरूसँग महारासमा सहभागी भएकाले यस दिनको विशेष महत्व रहेको उनले जानकारी दिए ।

कोजाग्रत पूर्णिमाका अवसरमा विशेषगरी जनकपुरधाममा राति ओसमा बसेर खिरको भोग लगाई भगवान् रामको पूजा गर्ने परम्परा रहेको छोटे महन्थ दासले बताए । यस दिन जानकी मन्दिरमा त्रेतायुगमा भगवान् राम र माता सीताको विवाहका बेला मिथिलावासीले गाउने गीत तथा हाँसोठट्टा र गाली गर्ने परम्परालाई समेत दोहो¥याउने गरिन्छ । महन्थ दासका अनुसार नवदम्पतीहरूले पनि यो पर्व विशेष उत्साहका साथ मनाउने गर्छन् ।

कोजाग्रत पूर्णिमाकै अवसरमा जानकी मन्दिरमा महोत्तरीको रतौलीबाट भार ल्याउने परम्पराले यस वर्ष पनि निरन्तरता पाएको छ । रतौलीका स्वर्गीय महेन्द्र ठाकुरको परिवारले करिब १४२ वर्षदेखि प्रत्येक वर्ष यस दिन अन्नपूर्ण देवीलाई चढाइने सामग्रीसहितको भार जानकी मन्दिरमा ल्याउँदै आएको छ ।

सन्तान प्राप्तिको कामना गर्दै स्वर्गीय ठाकुरले गरेको भाकल पूरा भएपछि उनका तीन छोरा जन्मिएका थिए । त्यसै समयदेखि ठाकुर परिवारले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन जानकी मन्दिरमा भार चढाउँदै आएको हो ।

भारमा दही, चिउरा, दाल, मिठाई, अचार, फलफूल, तरकारीलगायतका खाद्य सामग्री समावेश हुन्छन् । यी सामग्री ठाकुर परिवारले आफ्नै खेतबारीमा उत्पादन तथा घरमै तयार पार्ने गरेको छ ।

स्वर्गीय महेन्द्र ठाकुरका जेठा छोरा नवीनकुमार ठाकुरले यस परम्परालाई आगामी पुस्ताले पनि निरन्तरता दिने बताए । उनका अनुसार कोजाग्रत पूर्णिमा मिथिलामा विवाहपञ्चमीपछिको महत्वपूर्ण पर्व हो । यस दिन भाकल गरे मनोकामना पूरा हुने धार्मिक विश्वाससमेत रहेको उनले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal