आज :

‘दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

  • अनलाइन डबली

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना छन्, तैपनि मानिस हरेक बिहान नयाँ आशासहित उठ्छ र यही भोगाइ बोकेको ‘म बाँचेको सार के हो खोजी गर्दै छु’ गीत गायिका ऋचा काफ्लेको स्वरमा सार्वजनिक भएको छ ।

विश्लेषक तथा गीतकार डम्बर खतिवडाको शब्द र मोहन तिम्सिनाको सङ्गीत रहेको गीतले पिडाबिच पनि सपना देख्न नछाड्ने मानिसको अन्तरमनलाई समेटेको छ ।

गीतको सुरुवाती पङ्क्तिले बाँच्नुको अर्थ खोज्छ भने ‘दिनदिनै बौरिँदै छु दिनै मर्दै छु’ भन्ने अभिव्यक्तिले चोटले टुट्ने र आशाले फेरि उठ्ने मानवीय अवस्थालाई उजागर गर्छ ।

‘केही चाहना छन्, बलेँसीमा रुन्छन्’ र ‘केही भावना छन्, अचानोमा हुन्छन्’ जस्ता पङ्क्तिले परिचित बिम्बमार्फत अधुरा रहर र मनका पीडालाई जीवन्त बनाएका छन् ।

झरी, बादल र भेलबिच अघि बढिरहेको पात्र ‘तर पनि इन्द्रेणीको सिँढी चढ्दै छु’ भन्दै दुःखबाट उज्यालोतर्फ पुग्ने सपना जोगाइरहन्छ ।

गीतमा चन्द्रमा छुने सुख र मुटु ठुँग्ने चोट सँगसँगै आउँछन्, जसले एउटै जीवनभित्र गाँसिएका खुसी र दुःखको यथार्थ बोल्छन् ।

यस्तो भाव बोकेको गीत लिएर आएकी ऋचा स्वास्थ्य सेवा, अध्ययन र पारिवारिक जिम्मेवारीसँगै गायनलाई निरन्तरता दिइरहेकी छन् ।

सुनसरीको बकलौरी स्वास्थ्य चौकीमा नर्सका रूपमा कार्यरत उनी हाल अध्ययन बिदामा पूर्वाञ्चल विश्वविद्यालयमा नर्सिङको थप अध्ययन गरिरहेकी छन् ।

दुई छोराको हेरचाह र पडाइबिच सङ्गीतका लागि समय निकालिरहेकी ऋचाको औपचारिक गायन यात्रा २०७४ सालमा ‘नफक्रँदै फूलको चोला’ गीतबाट सुरु भएको थियो ।

एक दर्जनभन्दा बढी गीतमा एकल स्वर दिइसकेकी उनका ‘एक आनी दुवानी’ र ‘कुरा बुझे बरिलै’ लगायतका गीत सार्वजनिक छन् ।

नयाँ गीतले बाँच्नुको अर्थको ठोस उत्तर दिँदैन, तर हरेक चोटपछि फेरि उठ्ने र आशा जोगाइराख्ने प्रयासमै जीवनको

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal