आज :

हुम्लीहरूले दशैं–तिहारको उपलक्ष्यमा काठमाडौंमा शुभकामना आदानप्रदान

  • अनलाइन डबली

काठमाडौं । काठमाडौँमा रहेका हुम्लीहरूले दशैं–तिहारको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरेका छन् । उनीहरूले नेपाली कम्युनिस्ट पार्टी जिल्ला समिति हुम्ला र हुम्ला काठमाडौँ सम्पर्क समितिको आयोजनामा भएको कार्यक्रममा उक्त शुभकामना आदानप्रदान गरेका हुन् ।

नेपाली कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाश ज्वालाले हिजो काठमाडौ र आज विदेश बसेकाले प्रभावित पार्ने समय आएकाले युवा, प्रवास र श्रमजीविको वीचमा संगठन विस्तारमा लाग्नपर्नेमा जोड दिए। उनले जो जहाँ गएपनि हुम्लाको हुँ भनी पार्टी र आन्दोलन का लागि योगदान गर्न अपिल गरे, “आफ्नो जिल्लाप्रति माया गर्नुहोस ।”

प्रदेश इञ्चार्ज चन्द्र वहादुर शाहीले हुम्लाका जिम्मेवार नेताहरु जिम्मेवार नहुदाको पीडा जिल्ला र प्रदेशले भोगेको र अव त्यसो हुन नदिने वुद्धि पलाउनुपर्ने बताए ।

प्रदेश सह इञ्चार्ज अमर बहादुर शाहीले हुम्लाको गैरजिमेवार प्रवृति र अनुशासनमा सुवुद्धि ल्याउन दशै तिहारले भूमिका खेलोस् भने ।
प्रदेश संयोजक विमला केसीले जो जहाँ छ त्यहाँ पार्टीका लागि भूमिका खेल्नपर्ने बताए । उनले अधिकार खोज्नेले कर्तव्य पूरा गर्नपर्ने र अहिले जिल्ला इन्चार्ज र संयोजक निरन्तर खटेको बताउँदै आलोचक सबैलाई हैसियत कायम गर्न अनुरोध गरे।

सम्पर्क समन्वय समिति सह संयोजक श्रीकृष्ण अधिकारीले देश संकटमा रहेको र त्यसबाट मुक्तिका लागि सवै तागत संगठन निर्माणमा लगाएर सडकमा उत्रने वेला आएको बताए ।
हुम्ला जिल्ला इञ्चार्ज हस्त बहादुर शाहीले हुम्लामा कस्तो पार्टी बनाउने र हुम्लाको विकास तथा वाम एकता सम्बन्धी पहल लिएको जानकारी गराए ।

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक डा. दीपेन्द्र रोकायाले जिल्लाको अवस्था, अधिकार, विकास र समृद्धिको चर्चा गरे। उनले पार्टीले वैचारिक काम गर्नुका साथै अवको नेतृत्व आन्तरिक प्रि इलेक्सन गरेर जाने तयारी भइरहेको पनि बताए ।

नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय सदस्य कार्चेनले कम्पनिष्ट झण्डा बेचेर व्याज खाने स्थिति रहन नहुने बताए ।

जिल्ला समन्वय प्रमुख शिवराज शर्माले पार्टी बलियो बनाउने हो भने कम्युनिस्ट पार्टीलाई मियो बनाएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा सर्केगाड गाउँपालिका उपाध्यक्ष देवकी तिमल्सिनाले साझा संकल्प पुरा गर्न प्रेरणा मिलोस् भनी शुभकामना दिए ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य सीता शाही लगायतले शुभकामना दिए।

संयोजक डा. दीपेन्द्र रोकायाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्पर्क समितिका वेलमती रोकायाले दैचाउल लगाएर र संवाद डवलीका धनञ्जय बुढाले स्वागत मनतव्य, कर्नाली मुक्ति मोर्चा केद्रीय सदस्य सूर्य बहादर ऐडीको सञ्चालनमा सम्पन्न भयो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal