आज :

नेपालीले दुई महिनामै प्रयोग गरे ४१ लाखको हुक्का फ्लेभर

  • अनलाइन डबली

काठमाडौं । चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो दुई महिनामै नेपालमा हुक्का फ्लेभरको आयातमा अस्वाभाविक वृद्धि देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउन र भदौमा मात्रै ४१ लाख १२ हजार रुपैयाँ बराबरको ३ हजार ९५० किलो हुक्का फ्लेभर नेपाल भित्रिएको छ ।

गत आर्थिक वर्षको यही अवधिमा २ लाख ५ हजार रुपैयाँ बराबरको १८० किलो मात्रै हुक्का फ्लेभर आयात भएको थियो । यस आधारमा मूल्यका हिसाबले करिब २० गुणा र परिमाणका हिसाबले करिब २२ गुणा आयातमा वृद्धि भएको देखिन्छ ।

हुक्का फ्लेभर हुक्कामा प्रयोग गरिने सुगन्धित मिश्रण हो, जसमा विभिन्न फलफूल, पुदिना वा अन्य स्वाद मिसाइएको हुन्छ । यस्ता उत्पादनमा निकोटिनयुक्त र निकोटिनरहित दुवै प्रकारका फ्लेभर पाइने भए पनि भन्सारको तथ्यांकले आयातको परिमाण र मूल्य मात्रै देखाउँछ ।

विभागका अनुसार नेपालमा भित्रिने अधिकांश हुक्का फ्लेभर भारतीय बजारबाट आयात हुने गरेको छ । दुई महिनामै आयातमा देखिएको तीव्र वृद्धिपछि हुक्का फ्लेभरको बजार विस्तार भएको संकेत देखिएको छ । पछिल्ला वर्षहरूमा क्याफे, लाउन्ज र हुक्का बारमा हुक्का प्रयोग बढ्दै जाँदा यस्ता फ्लेभरको माग पनि बढेको देखिन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal