आज :

ऐतिहासिक, धार्मिक र सांस्कृतिक पर्व इन्द्रजात्रा  सुरु

  • बुद्धशरण शाही

काठमाडौं । लिच्छवीकालीन राजा गुणकामदेवको पालादेखि निरन्तर चलिआएको राजधानी काठमाडौंको एक ऐतिहासिक, धार्मिक र सांस्कृतिक पर्व इन्द्रजात्रा  सुरु भएको छ ।

हनुमान ढोकामा आज बिहान ७:४७ बजेको शुभ साइतमा यंसिँ (इन्द्रध्वज) उत्थान गरिएपछि आजबाट विधिवत इन्द्रजात्रा पर्व प्रारम्भ भएको मानिन्छ  ।

आठ दिनसम्म चल्ने जात्राको प्रमुख आकर्षण जीवित देवी कुमारीको रथ यात्रा क्वने याः (तल्लो टोल) बाट सुरु हुनेछ । यसअघि राष्ट्रप्रमुखसहित विशिष्ट पदाधिकारीहरूले गद्दी बैठकबाट कुमारीको दर्शन गर्ने परम्परा अनुसार दर्शन गरिनेछ ।

कुमारीको पूजा परम्परा मल्लकालसम्म पुगी जोडिएको छ । जनविश्वास अनुसार, तान्त्रिक शक्तिमा निपुण तत्कालीन राजाले देवीसँगको सम्बन्धमा अनुचित भावना उत्पन्न भएपछि श्रापित भएका थिए । त्यस पापमोचन र राज्य सुरक्षाको लागि कुमारी पूजा र रथ यात्रा आरम्भ गरिएको विश्वास छ ।

इन्द्रजात्राका अवसरमा काठमाडौंको विभिन्न ठाउँ—काष्ठमण्डप, इन्द्रचोक, नरदेवी, किलाघः, ज्याठा लगायतमा इन्द्रका मूर्तिहरू प्रदर्शन गरिनेछ । काष्ठमण्डप नजिक ३० फिट अग्ला ४ वटा खम्बामा राखिने इन्द्रको मूर्ति विशेष आकर्षणको केन्द्र बन्नेछ ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal