आज :

वीर अस्पतालको आईसीयूमा उपचार गराइरहेका कार्कीलाई आर्थिक अभाव

  • अनलाइन डबली

मुगु । मुगुको सोरु गाउँपालिका ६ सोरुकोटका ४० वर्षीय लली कार्की घाँटीको गम्भीर रोगबाट पीडित छन् । काठमाडौं वीर अस्पतालको आईसीयूमा उपचार गरिरहेका उनी आर्थिक अभावले छटपटाइरहेका छन् ।

चिकित्सकको निगरानीमा रहेका उनको वीर अस्पतालको नयाँ भवनस्थित आईसीयूमा उपचार भइरहेको छ । कार्की यसअघि पनि उपचारका लागि भारत पुगेका थिए । भारतमा उपचार गराउँदा करिब सात लाख रुपैयाँ भन्दा बढी खर्च भएको आफन्तले बताए ।

हाल कार्कीको उपचारमा दैनिक ठूलो रकम खर्च भइरहेको छ । उनको औषधिका लागि मात्रै दैनिक १७ हजार रुपैयाँ भन्दा बढी खर्च हुने गरेको उपचारमा सहयोग गरिरहेका उनका आफ्‌न्त अक्कल बुढाले बताए ।

उपचार सुरु गर्ने क्रममा समेत रकम अभाव भएपछि मोबाइल फोन धरौटी राखेर पैसा सापटी लिई औषधि खरिद गर्नु परेको बुढाले बताए ।

कार्कीको जटिल अवस्था र परिवारको आर्थिक कमजोर अवस्थालाई ध्यानमा राख्दै सोरु गाउँपालिकाका शाही युवा शक्ति नेपालका महामन्त्री एवम अभियन्ता रेशमचन्द मल्ल र अर्का रोयर समरसहितले ‘ललि कार्की बचाउ अभियान’ सञ्चालन गर्दै आर्थिक सहयोग जुटाउन पहल गरिरहेका छन् । विभिन्न निकाय तथा मनकारी व्यक्तिहरूलाई उपचारका लागि सहयोग गर्न उनीहरूले आग्रह समेत गरेका छन ।

उपचारका क्रममा कार्कीका भान्जा कविराज कार्की समेत बिरामी परेका छन् । ललि कार्कीको उपचारका लागि काठमाडौं आएका कविराजको अचानक आन्द्रा फुटेपछि वीर अस्पतालमै शल्यक्रिया गरी उपचार भइरहेको हुदा थप समस्या आएको छ ।

आईसीयूमा रहेका कार्कीको हेरचाह, औषधि खरिद, रिपोर्ट ल्याउने–लैजाने तथा अस्पताल र अन्य पक्षसँग आवश्यक समन्वयको काम अक्कल बुढाले गरिरहेका छन् । आर्थिक सहयोग जुटाउने अभियानबाट हालसम्म करिब एक लाख रुपैयाँ संकलन भएपछि उपचारमा केही सहज भएको बुढाले जानकारी दिए ।

आईसीयूमा उपचाररत कार्कीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको आफन्तले बताए । कार्कीको उपचारमा मात्र करिव ७ लाख अनुमान गरिएको बुढाले सुनाए । मृत्यूसँग लडिरहेका बिरामी ललिको उपचार अझै जारी रहेकाले आर्थिक सहयोगको लागि मनकारी ब्यक्ति निकायसंग परिवारले आग्रह गरेका छन ।

अक्कल बुढा सम्पर्क नम्बर ९८६४९६१७८८

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal