आज :

दुबईमा भलिबल प्रतियोगिता आयोजना गरेर बाढी प्रभावितलाई सहयोग

  • अनलाइन डबली

काठमाडौं । भोटेकोशी बाढी प्रभावितहरुका लागि राहत संकलन गर्ने उद्देश्यले दुबइमा कार्यरत खेलाडीहरुले भलिबल प्रतियोगितामार्फत आर्थिक संकलन गरेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भलिबल खेलिसकेका मुना बम्जन, निता शाह र सरिता राईलगायतको अगुवाइमा दुबईमा एकदिने महिला भलिबल प्रतियोगिता आयोजना गरिएको थियो ।

खेलकुदमार्फत नेपाली समुदायलाई एकताबद्ध गर्दै नेपालमा बाढीबाट प्रभावित परिवारहरूलाई सहयोग गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताबाट प्राप्त सहयोग तथा विभिन्न स्रोतबाट संकलित गरी कुल ४,२०० यूएई दिराम अर्थात एक लाख चौहत्तर हजार,आठ सय नब्बे रुपैयाँ संकलन गरी नेपालको प्रधानमन्त्री राहत कोषमा जम्मा आयोजकले जनाएको छ ।

विदेशमा रहेर पनि मातृभूमिमा परेको विपत्तिको समयमा सहयोग गर्न सकिन्छ भन्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा दुबईमा रहेका नेपाली भलिबल खेलाडी, खेलप्रेमी तथा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

‘भलिबल खेलमार्फत नेपाली समुदायलाई एकताबद्ध गर्दै मातृभूमिमा परेको विपत्तिमा सहयोग गर्नु नै यस कार्यक्रमको मुख्य उद्देश्य हो,’ आयोजक मुना बम्जनको भनाइ थियो ।

खेलकुदले केवल मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक सेवा, एकता र मानवीय सहयोगको माध्यम पनि बन्न सक्छ भन्ने सन्देश दिएको उनको भनाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal