आज :

टीटूके र होरा ई स्पोट्र्स ग्लोबल ओपनमा छनोट

  • अनलाइन डबली

काठमाडौं । नेपालका दुई ई स्पोट्र्सका टिम पब्जी मोबाइलको ग्लोबल ओपन च्याम्पियनसिपमा छनोट भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न पब्जी मोबाइलको ग्लोबल ओपन साउथ एसिया फाइनलमा दोस्रो र तेस्रो स्थानमा रहँदै ट्रेन टु किल (टीटूके) र होरा ई स्पोट्र्स ग्लोबल ओपन च्याम्पियनसिपमा छनोट भएका हुन् ।

ई स्पोट्र्स संघ नेपाल (ईशान) र पब्जी मोबाईलले काठमाडौंमा आयोजना गरेको चार दिने क्षेत्रीय छनोटमा १६ टिम मध्य उत्कृष्ट प्रदर्शन गर्दै नेपालका दुई टिमले ग्लोबल ओपनमा स्थान बनाएका हुन् ।

टीटूके १८८ अंक सहित समग्रमा दोस्रो स्थानमा रह्यो, होरा ई स्पोट्र्स १७५ अंक सहित तेस्रो स्थानमा रह्यो । नेपालकै अर्को टिम एचएलएक्स चौथों स्थानमा रहे पनि ग्लोबल ओपनमा स्थान बनाउन सकेन । पाकिस्तानको फोर थ्रिभ्स पहिलो स्थानमा रहँदै ग्लोबल च्याम्पियनसिपमा छनोट भएको छ ।

पहिलो बनेको फोर थ्रिभ्सले ९ हजार अमेरिकी डलर, दोस्रो टी टु केले ५ हजार ५ सय अमेरिकी डलर, तेस्रो होरा ई स्पोट्र्सले ४ हजार ५ सय अमेरिकी डलर प्राप्त गरेका छन् । विजेता खेलाडीलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र ईशानका कार्यवाहक अध्यक्ष हिमविक्रम केसीले पुरस्कृत गरेका थिए ।

चार दिनसम्म काठमाडौंमा सञ्चालन भएको प्रतियोगिताको टिकटबाट जम्मा भएको ५० प्रतिशत रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृत कार्यक्रमलाई निजी तथा विभिन्न संघ संस्थाले सहयोग गरेका थिए । काठमाडौंमा सम्पन्न भएको पीएमजीओ साउथ एसिया कार्यक्रम दक्षिण एसियाकै उत्कृष्ट ल्यान इभेन्ट मध्य एक भएको ईशानका सचिव आशिष दाहालले बताए ।

कार्यक्रमको समापन समारोहमा सचिव दाहालले अझ ठुला ई स्पोट्र्सका अन्तर्राष्ट्रिय कार्यक्रम नेपालमा ल्याउन संघले पहल गरिरहेको बताएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal