आज :

मीरा राणा एकल सांगीतिक साँझ सम्पन्न

  • अनलाइन डबली

काठमाडौं । मीरा राणा क्यान्सर समाजको आयोजनामा गायिका मीरा राणाको एकल सांगीतिक साँझ कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आयोजित कार्यक्रममा गायिका राणाले विभिन्न सांगीतिक प्रस्तुति दिएकी थिइन् ।

सो अवसरमा वरिष्ठ गायिका मीरा राणाले स्वरसम्राट नारायणगोपालसँग गाएको ‘तिमी देऊ या नदेऊ’, ‘मेरो जोवन लैजाऊ’, ‘आँखैमा कसैको तस्वीर बसेछ’ र ‘बैनीको दया छ भने’ लगायतका गीत प्रस्तुत गरेकी थिइन् । त्यसैगरी, शम्भुजीत बास्कोटासँग उनले गाएको ‘नाच्देऊ मैच्याङ’ र ‘सिन्धुपाल्चोक जिल्लामा’, कुमार बस्नेतसँगको ‘मादल घनघन घन्काउँ कि’ तथा ‘लेक फुल्यो लालीगुराँस’ लगायतका गीत पनि प्रस्तुत गरेकी थिइन् ।

त्यस्तै, राणाका एकल गीत ‘मखमली चोलो चाहिँदैन’, ‘मात चढेको साँझ’, ‘नशालु रात’, ‘मेरो पाउमा आज’, ‘साम्द सदा शिव’, ‘बिर्सिएर मैले फेरि’, ‘आजसम्म जसरी बाँचेर आएँ’ र ‘मेरो फूललाई वसन्त भयो’ लगायतका गीत पनि कार्यक्रममा प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित दर्शक तथा शुभेच्छुकहरूले गायिका राणाका सांगीतिक प्रस्तुतिको आनन्द लिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal