आज :

झापा बिर्तामोडकी निर्मला श्रेष्ठको सम्पत्तिमाथि छानबिन माग गर्दै सम्पत्ति शुद्धीकरण विभागमा उजुरी

  • अनलाइन डबली

झापा । झापाको बिर्तामोड नगरपालिका–५ निवासी निर्मला श्रेष्ठको सम्पत्तिको स्रोत, आयस्रोत तथा आर्थिक कारोबारबारे छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ ।

बिर्तामोड नगरपालिका–५ का सन्जु थापाले विभागका महानिर्देशकसमक्ष निवेदन दिँदै श्रेष्ठको विगतको आर्थिक अवस्था र हाल देखिएको आर्थिक हैसियतबीच उल्लेख्य अन्तर रहेको भन्दै उनको सम्पत्तिको वास्तविक स्रोतबारे अनुसन्धान गर्न माग गरेका हुन् ।

उजुरीमा श्रेष्ठको नाममा वा उनीसँग सम्बन्धित रूपमा रु. १० करोडभन्दा बढी मूल्य बराबरको सम्पत्ति रहेको भन्ने जानकारी प्राप्त भएको उल्लेख छ। उक्त सम्पत्तिको वास्तविकता, स्रोत तथा खरिदका लागि प्रयोग भएको रकमको स्रोत सम्बन्धित सरकारी तथा वित्तीय अभिलेखबाट यकिन गर्नुपर्ने निवेदकको माग छ।

निवेदकले श्रेष्ठको नाममा रहेको चल तथा अचल सम्पत्ति, घरजग्गा खरिद–बिक्री, लगानी तथा बैंकिङ कारोबारको आवश्यक कानुनी प्रक्रियामार्फत परीक्षण गर्न माग गरेका छन्। साथै, उनको आयस्रोत, कर विवरण तथा सम्पत्तिबीच सामञ्जस्य भए/नभएको समेत जाँच गर्न आग्रह गरिएको छ।

उजुरीमा परिवारका सदस्य, नातेदार वा अन्य व्यक्तिको नाममा श्रेष्ठको वास्तविक स्वामित्व वा नियन्त्रणमा सम्पत्ति राखिएको वा हस्तान्तरण गरिएको भए त्यस विषयमा समेत अनुसन्धान गर्न माग गरिएको छ।

त्यसैगरी, पछिल्लो समय श्रेष्ठको जीवनशैली तथा आर्थिक गतिविधिमा आएको भनिएको परिवर्तनको आर्थिक आधारसमेत अनुसन्धानको दायरामा ल्याउन निवेदकले आग्रह गरेका छन्।

उजुरीमा उल्लेख गरिएका सम्पत्तिको परिमाण तथा स्रोतसम्बन्धी विवरणहरू सम्बन्धित निकायबाट छानबिन तथा प्रमाणका आधारमा पुष्टि हुनुपर्ने विषय भएको जनाउँदै निवेदकले कुनै पूर्वनिर्धारित निष्कर्षमा नपुगी निष्पक्ष र तथ्यपरक अनुसन्धान गर्न माग गरेका छन्।

अनुसन्धानबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी वा अन्य प्रचलित कानूनबमोजिमको कसुर भएको तथ्य तथा प्रमाणबाट पुष्टि भएमा कानूनअनुसार आवश्यक कारबाही गर्नसमेत निवेदक थापाले माग गरेका छन्।

उजुरीसँग सम्पत्तिसम्बन्धी विवरण, बैंकिङ कारोबार, खरिद–बिक्री तथा लगानीसम्बन्धी कागजातलगायत उपलब्ध प्रमाण संलग्न गरिएको जनाइएको छ। थप प्रमाण तथा सूचना आवश्यक परेमा अनुसन्धानका क्रममा उपलब्ध गराउन तयार रहेको निवेदकले बताएका छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal