आज :

बझाङ कांग्रेसमा वडा अधिवेशनलाई लिएर विवाद, असोज १५ बाट प्रक्रिया अघि बढाउन माग

  • अनलाइन डबली

चैनुपर । बझाङमा नेपाली कांग्रेसको वडा अधिवेशनलाई लिएर पार्टीभित्रको विवाद चर्किएको छ । जिल्लाका अधिकांश वडामा असोज ३ गतेका लागि तय गरिएको वडा अधिवेशन स्थगित भएको जानकारी चैनपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको छ ।

पत्रकार सम्मेलनमा सहभागी कांग्रेसका नेता तथा कार्यकर्ताले असोज ३ गतेबाट नभई असोज १५ गतेदेखि वडा अधिवेशनको प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका छन् । उनीहरूले पार्टी नेतृत्व तथा अधिवेशन प्रक्रियाप्रति असहमति जनाउँदै विधि, विधान र प्रक्रियाअनुसार अधिवेशन सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस बझाङका पूर्वजिल्ला सभापति हर्क जंग सिंह, छवि सपाथिभेरा गाउँपालिका कांग्रेस सभापति पाण्डप थापालगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

यसैबीच, नेविसंघको राजनीतिबाट आएका युवा नेता अनिल थापा पनि पूर्वसभापति शेरबहादुर देउवाको पक्षमा खुलेर उभिएका छन् । युवा पुस्तामाझ सक्रिय थापाले पार्टीभित्रको नेतृत्व, विधि र अधिवेशन प्रक्रियाका विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै आएका छन् ।

थापालगायतका युवा नेताहरूले पार्टीभित्र देखिएको विवादको समाधान विधि र विधानअनुसार हुनुपर्ने बताएका छन् । उनीहरूले असोज १५ गतेबाट अधिवेशन प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका छन् ।

युवा पुस्ताबाट आएको यस्तो समर्थनलाई बझाङ कांग्रेसभित्र चासोका साथ हेरिएको छ । विशेषगरी थापाको देउबा पक्षप्रतिको समर्थनले जिल्लाको आन्तरिक राजनीतिक समीकरण बारे थप बहस सिर्जना गरेको छ ।

पत्रकार सम्मेलनमा सहभागी नेताहरूले पार्टीभित्रको विवाद समाधान गरी निष्पक्ष, विधिसम्मत र सबै पक्षको सहभागितामा वडा अधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् । अब असोज १५ गतेबाट अघि बढाउने भनिएको वडा अधिवेशन प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने विषयमा बझाङ कांग्रेसभित्र राजनीतिक चासो बढेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal