आज :

नोभा क्राउन प्रिमियम आइसक्रिमको ब्रान्ड एम्बेसडरमा अभिनेत्री शिल्पा मास्के

  • अनलाइन डबली

काठमाडौं । फिस्टेल डेरी प्रालि अन्तर्गतको प्रिमियम आइसक्रिम ब्रान्ड नोभा क्राउन प्रिमियम आइसक्रिमले अभिनेत्री शिल्पा मास्केलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

प्रिमियम स्वाद, आधुनिक जीवनशैली र उपभोक्तासँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यले मास्केलाई ब्रान्ड एम्बेसडर नियुक्त गरिएको कम्पनीले जनाएको छ।

ब्रान्ड एम्बेसडरसम्बन्धी सम्झौतामा अभिनेत्री मास्के र नोभा क्राउन प्रिमियम आइसक्रिमका ब्रान्ड सुपरभाइजर प्रायुष निरौलाले हस्ताक्षर गरेका छन्।

मास्केसँगको सहकार्यप्रति उत्साह व्यक्त गर्दै निरौलाले उनको प्रतिभा, व्यक्तित्व तथा युवा पुस्तामाझको लोकप्रियता नोभा क्राउनको ब्रान्ड पहिचानसँग सामञ्जस्यपूर्ण रहेको बताए।

‘शिल्पा मास्केलाई नोभा क्राउन परिवारमा स्वागत गर्न पाउँदा हामी निकै उत्साहित छौं। उहाँको सिर्जनशीलता, आत्मविश्वास र विशिष्ट व्यक्तित्वले नोभा क्राउनले प्रतिनिधित्व गर्न चाहेको आधुनिक र प्रिमियम छविसँग राम्रो मेल खान्छ,’ उनले भने, ‘यो सहकार्यले उपभोक्तासँग अझ नयाँ र प्रभावकारी ढंगले जोडिन मद्दत गर्ने हाम्रो विश्वास छ।’

ब्रान्ड एम्बेसडर बनेपछि मास्केले पनि नोभा क्राउनसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरेकी छन्। गुणस्तरीय तथा प्रिमियम आइसक्रिम अनुभव प्रदान गर्ने उद्देश्य बोकेको ब्रान्डसँग जोडिन पाउँदा आफू उत्साहित रहेको उनले बताइन्।

मास्केले अब नोभा क्राउनका विभिन्न ब्रान्ड तथा मार्केटिङ गतिविधिमा सहभागिता जनाउनेछिन्। कम्पनीका अनुसार उनी आगामी विज्ञापन, ब्रान्ड कम्युनिकेसन, डिजिटल सामग्री, सामाजिक सञ्जाल अभियान, प्रवद्र्धनात्मक गतिविधि तथा उपभोक्ता कार्यक्रमहरूमा सहभागी हुनेछिन्।

अभिनेत्री मास्केसँगको सहकार्यले विशेषगरी युवा तथा आधुनिक जीवनशैली अपनाउने उपभोक्तामाझ ब्रान्डको पहुँच विस्तार गर्न सहयोग पुग्ने कम्पनीको अपेक्षा छ। यससँगै प्रिमियम आइसक्रिम बजारमा नोभा क्राउनको ब्रान्ड पहिचान थप बलियो बनाउने लक्ष्य कम्पनीले लिएको छ।

फिस्टेल डेरी प्रालि अन्तर्गतको प्रिमियम ब्रान्डका रूपमा नोभा क्राउन प्रिमियम आइसक्रिमले नेपाली उपभोक्तालाई गुणस्तरीय उत्पादन र प्रिमियम आइसक्रिम अनुभव प्रदान गर्ने उद्देश्यसहित आफ्ना उत्पादन तथा ब्रान्ड गतिविधि विस्तार गर्दै आएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal