आज :

गोर्खा बक्सिङ च्याम्पियनसिप हुँदै, नेपाल र भारतका १४ खेलाडीले प्रतिस्पर्धा गर्ने

  • अनलाइन डबली

काठमाडौं। दोस्रो संस्करणको गोर्खा बक्सिङ च्याम्पियनसिप शनिबार काठमाडौंमा आयोजना हुने भएको छ ।

प्रतियोगिताबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले नेपाल र भारतका गरी कुल १४ जना खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो ।

प्रतियोगिता आयोजक संस्था गोर्खा प्रोमोसन्सका अध्यक्ष सन्तोष बहादुर शाहले नेपाल र भारतका खेलाडीबीच विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुने बताए ।

यसपटक पुरुषसँगै महिला खेलाडीलाई पनि प्रतिस्पर्धामा सहभागी गराइएको छ । यसले नेपाली महिला बक्सिङ खेलाडीलाई व्यावसायिक रूपमा प्रतिस्पर्धा गर्ने अवसर थपिने शाहले अपेक्षा राखे ।

उक्त प्रतियोगितामा महिलातर्फ ५२ किलो तौल समूहमा नेपालकी पुनम पुन मगर र भारतकी मेहेकप्रीत सिद्धुबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै पुरुषतर्फ ६९ किलो तौल समूहमा नेपालका भरत चन्द र भारतका अङ्कित कुमारबीच खेल हुनेछ । ५२ किलो तौल समूहमा नेपालका अर्पिल राना र भारतका शानबोरलाङ मार्बानियाङबीच प्रतिस्पर्धा हुँदा अन्डरकार्डतर्फ ५० किलोमा नेपालका फुङलाङ काम्बाङ र भारतका लक्ष्य सुनारिया तथा ५७ किलोमा नेपालका मिलन सार्की र भारतका साहिल चौहानबीच प्रतिस्पर्धा हुनेछ ।

यसैगरी ६३ दशमलव पाँच किलोतर्फ गुल्मीका रोविन खत्री र मकवानपुरका सोहन राई तथा ५२ किलोमा काठमाडौँका विवेक मगर र चितवनका आयुष श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा अन्तर्राष्ट्रिय एमएमए फाइटर रवीन्द्र ढाँटको विशेष उपस्थिति रहने आयोजकले जनाएको छ । ढाँटलाई आयोजकले प्रतियोगिताकै ’आइकन’ बनाएको छ भने नेपाली चलचित्रका स्टार अभिनेता अनुपबिक्रम शाहीलाई गोर्खा प्रोमोसन्सले सद्भावना दुत् चयन गरेको छ ।

नेपाली बक्सरलाई अन्तर्राष्ट्रिय बक्सरसँग प्रतिस्पर्धा र अनुभवका लागि मञ्च उपलब्ध गराउँदै उनीहरूलाई भविष्यमा विश्व च्याम्पियनसिपको स्तरसम्म पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष शाहले बताए । आगामी दिनमा यो प्रतियोगितालाई थप वृहत र परिस्कृत ढंगले आयोजना गर्ने आयोजकले बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal