काठमाडौँ । आजबाट १८औँ ब्रिक्स शिखर सम्मेलन सुरु भएको छ । छिमेकी भारतको राजधानी नयाँदिल्लीमा आज (शनिबार) सुरु हुने लागेको शिखर सम्मेलनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, चीनका राष्ट्रिपति सी जिनपिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेताहरुले सम्बोधन कार्यसूची रहेको छ ।
शक्तिशाली नेताहरु पुटिन, सी र मोदी १० बर्षपछि एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् । यसअघि सन् २०१६ मा गोवामा भएको ब्रिक्स सम्मेलनमा एकसाथ सहभागी भएका थिए।
शिखिर सम्मेलनमा ११ सदस्य राष्ट्रका अतिरिक्त १० साझेदार देशका नेताहरू पनि सहभागी हुनेछन्। चिनियाँ राष्ट्रिपति सी ७ वर्षपछि भारत भ्रमणमा आएका छन्।
रुस युक्रेन र मध्यपूर्व युद्धका बीच हुन लागेको शक्तिशाली नेताहरुको जमघटलाई विश्व राजनीतिमा महत्वको साथ हेरिएको छ ।
ब्रिक्स सदस्य राष्ट्रसँग सङ्ख्याको साथै विश्वको करिब ४९.५ प्रतिशत जनसङ्ख्या रहेको छ । त्यस्तै, ब्रिक्स देशहरूको कुल अर्थतन्त्र विश्वको करिब ३९ प्रतिशत छ । यो अमेरिकाको अर्थतन्त्रभन्दा करिब ३ गुणाले बढी हो। विश्वको कुल गार्हस्थ्य उत्पादनमा ब्रिक्सको हिस्सा २७ प्रतिशतभन्दा बढी छ । युरोपेली संघको हिस्सा १४ प्रतिशत मात्र छ।
ब्रिक्स देशहरू आपसी व्यापारमा अमेरिकी डलरको प्रयोग घटाएर आफ्नै स्थानीय मुद्राहरूमा कारोबार बढाउने योजनामा छन् । भारतको अध्यक्षतामा भइरहेको यस वर्षको सम्मेलनमा पनि स्थानीय मुद्रामा व्यापार र सहज अनलाइन भुक्तानी प्रणालीमा जोड दिने बताइएको छ ।
त्यस्तै, ब्रिक्स देशहरूका डिजिटल भुक्तानी प्रणाली र डिजिटल मुद्राहरूलाई एकआपसमा जोड्ने प्रस्ताव राखेको छ । यसले डलरको आवश्यकतालाई कम गर्दै अन्तरदेशीय कारोबार सहज बनाउनेछ।


अनलाइन डबली

