आज :

ट्र्याक्टर पल्टिँदा मैवाखोलामा २ जना बेपत्ता

  • अनलाइन डबली

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको-३ हाङपाङदेखि गरिएको ट्र्याक्टर पल्टिँदा मैवाखोलामा २ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी बिन्देश्वर यादवका अनुसार बेपत्ता हुनेमा चालक समीर बराइली र ट्र्याक्टरमा सवार अनिल नाल्बो रहेका छन् । सोमबार बिहान २ः४० बजे आठराई त्रिवेणी गाउँपालिका र मेरिङदेन गाउँपालिका जोड्ने भित्री सडक खण्डमा हाङपाङदेखि गोलिया लिएर दोभानतर्फ आउँदै गरेको ट्र्याक्टर मैवाखोलामा बनेको पुलको छेउबाट करिब १५ मिटर तल खसी मैवाखोलामा पुगेको थियो ।

सडकबाट पल्टिएर खोलामा पुगेको अहिलेसम्म नम्बर नखुलेको ट्र्याक्टरलाई झरेको स्थानबाट करिब २० मिटर तल खोलाले बगाई बगरमा देखिएको तर चालक बराइली र ट्र्याक्टरमा सवार नाल्बोलाई भने फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा भएको जानकारी सोही ट्र्याक्टरमा सवार २४ वर्षीय समीर नाल्बोले इलाका प्रहरी कार्यालय दोभानलाई जानकारी गराएपछि परिचालित भएको प्रहरी टोलीले उक्त घटनाको प्रारम्भिक अध्ययन तथा जानकारी लिएको थियो ।

थप अनुसन्धान तथा बेपत्ता व्यक्तिको खोजीका लागि जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal