आज :

भोटेकोसी बाढी उपडेटः अहिलेसम्म ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझैं सम्पर्कविहीन

  • अनलाइन डबली

काठमाडौँ । भोटेकोसीमा आएको बाढीमा परी ९०३ जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार विहानसम्म उनिहरुको शव फेला परेको हो ।

प्राधिकरणका अनुसार रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी पूर्वमा २०७, नवलपरासी–पश्चिममा १५१, तनहुँमा ३७ र चितवनमा २७२ वटा शव फेला परेका हुन्

अझैं ४ हजार २४७ जना सम्पर्कविहीन भएको प्राधिकरणले जानकारी दिएको छ । सम्पर्कविहीनमा नेपाल प्रहरीका २५ जना, नेपाली सेनाका ४५ जना, सशस्त्र प्रहरी बल नेपालका १३ जना, भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालयका ३ जना, रसुवाका ८६५ जना, नुवाकोटका १५५८ जना, जलविद्युत् आयोजनाका ९३३ जना, मकवानपुरका ६५ जना रहेका छन्।

यसैगरी विदेशी नागरिक ५९२ जना, विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली १२७ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना र क्वारेन्टाइन कार्यालयका ३ जना पनि अहिलेसम्म सम्पर्कविहीन छन्।

अहिलेसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal