आज :

मृत्युको मुखबाट बाँचेर आएका रावल भन्छन्ः टनेल भित्र रहेका सथिहरुको उद्धार भएको छैन

  • अनलाइन डबली

काठमाडौं । अपर त्रिशुली २१६ मा कार्यरत सव–इन्जिनियर महेश रावल र उमेश रावलले आफ्नै आँखा अगाडि साथिहरुलाई बाढीको भेलले बगाएको भाबुकता व्यक्त गरेका छन् । शनिबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै राज्यले बाहिर देखिएकाकाहरुको उद्धारसँगै सुरुङभित्र फसेकाहरुको पनि खोजीकार्यमा तिब्रता दिन आग्रहसमेत गरेका छन् ।

हाइड्रो पावरमा सब–इन्जिनियरकारुपमा कार्यारत अछाम पञ्चदेवाल विनायक नगरपालिका ७ पुल्लेतोलाका उमेश रावलले आफूहरु भोटेकोशीको भेलबाट केही मिनेटको अन्तरले मात्रै बाँच्न सफल भएको बताए । आफूहरु बाँचेर आउन सफल भएपनि आफ्नै आँखा अगडि साथिहरुलाई भेलले बगाउँदा निकै नै पीडा भएको जनाए । अपर त्रिशुली २१६ मा ड्याम, पावर हाउस र टनेल गरेर ३ हजार बढी कर्मचारी कामदार कार्यरत रहेकोमा १ हजारबढी सम्पर्कविहीन रहेको हुनसक्ने बताए ।

“सपनाजस्तै लाग्छ त्यो क्षण, बाढी आउने केही जानकारी थिएन, एक्कासी स्वाँस्वाँ र सुँसु गरेको आवाज आएपछि बाहिर निस्कदा त विशाल भेल देखा पर्यो, कयौं साथिहरुलाई बगायो, केही हामी भिरमा घाँस समाएर उम्मकन सफल भयौं” रावलको कथन छ ।

बाढीबाट क्षणभरको अन्तरमा बाँच्न सफल सोही आयोजनामा सब–इन्जिनियरकोरुपमा कार्यारत अछाम पुल्लेतोलाकै सुरुङमा कार्यारत महेश रावलले केही भाग्न सफल भएपनि धेरै साथिहरु सुरुङभित्रै फसिरहेको जानकारी दिए । उनिहरुको उद्धारको पहल चाँडो गर्न आग्रह गर्दै भने,“म लगायत केही साथिहरुमात्रै भाग्न सफल भयौं, धेरै सुरुङभित्रै फस्नु भएको छ, उहाँहरुको जीवन रक्षाका लागि खोज तथा उद्धारको पहल गर्दा सकुशल हुने सम्भावना बाँकी छ ।”

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal