काठमाडौँ । भोटेकोशीमा आएको भिषण बाढीले ठूलो जनधनको क्षति पुर्याउँदै अगाडि बढिरहेको छ । अहिले बाढी चितवन आसपास पुग्न लागेको स्थानीय अधिकारीले जनाएका छन् ।
बुधबार बिहान एक्कासी आएको बाढीले रसुवा बजारसँगै आसपासको क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । भन्सार कार्यालयसँगै लोड गरेर राखिएका सयौं कन्टेनर पनि बाढीले बगाएको छ ।
त्यसैगरी बाढीका कारण रसुवामा २८ प्रहरी सम्पर्कविहीन भएका छन् । नेपाल प्रहरीका १९ जना र सशस्त्रका ९ जना प्रहरी सम्पर्कविहीन भएको बताइएको छ ।
यो समाचार तयार पार्दासम्म प्रहरीका अनुसार रसुवागढी प्रहरीचौकीका २२ प्रहरीमध्ये ९ जना मात्रै सम्पर्कमा आएका छन ्। अरु १३ जना सम्पर्कविहीन छन् ।
यस्तै स्याफ्रुबेसीमा पनि ६ जना प्रहरी हराइरहेका छन् । त्यहाँ ९ जना प्रहरी रहेकोमा ३ जना मात्रै सम्पर्कमा आएको र अरु सम्पर्कविहीन रहेका छन् ।
त्यसैगरी टिमुरे बीओपीका निरिक्षकसहित ९ जना सशस्त्र प्रहरी पनि सम्पर्कविहीन छन् ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका अनुसार रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा यार्डमा रहेका सयौँ कन्टेनर बगेका छन् । चीनतर्फ सामान लिन जाँदै गरेका ३ सयजति लस्करै कन्टेनर पनि बाढीमा परेका छन ।


अनलाइन डबली

