आज :

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि परीक्षण सञ्चालन सुरु

  • अनलाइन डबली

काठमाडौं । नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबारदेखि चरणबद्ध रूपमा सुरु गरिएको छ । सोमबार बिहान ९ बजेदेखि ९ सिटसम्मका निजी सवारीसाधनलाई पनि सुरुङमार्ग प्रयोग गरेर काठमाडौं–धादिङ आवागमन गर्न खुला गरिएको हो ।

पहिलो चरणमा कार, जीप र भ्यानसहित ९ जनासम्म यात्रु क्षमता भएका निजी सवारी, सरकारी नम्बर प्लेटका सवारी, एम्बुलेन्स तथा अन्य आपत्कालीन सवारीलाई बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न दिइएको सड्क विभागले जनाएको छ ।

सुरुङमार्गको सञ्चालन अवस्था र ट्राफिक व्यवस्थापनको मूल्यांकन गर्दै एक–दुई दिनभित्र दुईतर्फी आवागमन खुला गर्ने तयारी गरिएको विभागले जनाएको छ । त्यसपछि सञ्चालन समय बिहान ७ बजेदेखि राति ८ बजेसम्म विस्तार गर्ने र क्रमशः बिहान ६ बजेदेखि राति १० बजेसम्म पु¥याउने योजना रहेको छ ।

नागढुंगा सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि काठमाडौं–नौबिसे खण्डको यात्रा समय उल्लेखनीय रूपमा घट्ने, ट्राफिक जाम कम हुने तथा यात्रु र मालवाहक यातायातलाई सहज हुने अपेक्षा गरिएको छ ।

करीब २४ अर्ब रूपैयाँ खर्चिएर तयार भएको सुरुङ मार्गको गत साउन ११ गते पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले उद्घाटन गरेका थिए । उनले उद्घाटन गरेसँगै नेपाल सुरुङ मार्गको युगमा प्रवेश गरेको थियो ।

त्यसअघि २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । ४२ महिनामा सम्पन्न गर्ने गरी सरकारले सुरूङमार्ग बनाउने जिम्मा जापानको हाज्मा-आन्दो जेभीलाई दिएको थियो । तर सोही वर्ष देखिएको कोरोना महामारी, जग्गाको मुआब्जा विवाद, खानेपानीलगायत विषयमा स्थानीयसँग भएको समस्याजस्ता कारणले आयोजनाको म्याद चार पटकसम्म थपिएको थियो । जसले गर्दा यो आयोजना झन्डै ७ वर्षमा तयार भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal