आज :

रिमा चौधरीको न्यायका लागि काठमाडौंमा प्रदर्शन

  • अनलाइन डबली

काठमाडौं । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कार तथा हत्याको विरोधमा इन्डिपेन्डेन्ट मदर्स अफ नेपालले शनिबार काठमाडौंको शान्तिवाटिका, रत्नपार्कमा प्रदर्शन गरेको छ ।

बालिकामाथि भएको जघन्य अपराधको विरोध गर्दै प्रदर्शनकारीहरूले दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन् । प्रदर्शनका क्रममा ‘बलात्कारीलाई फाँसी दे’, ‘कानुन मन्त्री चाहिन्छ’, ‘हाम्रो छोरी, हाम्रो शान’लगायतका नारा लगाइएको थियो ।

प्रदर्शनमा सहभागी अञ्जु सुवेदीले बालिका तथा महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउन आफू प्रदर्शनमा सहभागी भएको बताइन् ।

उनले भनिन्, ‘हामीले आफ्नै छोरी–नातिनीमाथि यस्तो घटना भएको भए के गथ्र्यौं भन्ने सोचेर म यहाँ आएकी हुँ । हामीले आवाज उठाउनुपर्छ । अबको सरकारले बलात्कारजस्तो अपराध गर्ने सोच नै नआउने गरी कडा नीति बनाउनुपर्छ । गरिमा चौधरीले न्याय पाउनुपर्छ । आगामी दिनमा छोरीचेली सुरक्षित होऊन् भन्ने चाहना हो ।’

त्यस्तै, प्रदर्शनमा सहभागी अमृता गिरीले यस्ता घटना दोहोरिन नदिन आफूहरू शान्तिपूर्ण आन्दोलनमा उत्रिएको बताइन् ।

उनले भनिन्, ‘यस्ता घटना नहोस् भनेर यहाँबाट शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका छौं । अहिलेको सरकारले महिला तथा छोरीचेलीले स्वतन्त्र र सुरक्षित रूपमा बाँच्न पाउने वातावरण निर्माण गर्नुपर्छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal