आज :

सर्लाहीमा ३ क्विन्टल गाँजा बरामद, घरधनी फरार

  • अनलाइन डबली

सर्लाही । सर्लाही प्रहरीले ठुलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ । प्रहरीले जिल्लाको कोडैना गाउँपालिका–१ लक्ष्मीपुरस्थित बास घारीबाट करिब ३०० किलो गाँजा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमका अनुसार मंगलबार राति करिब १०ः१५ बजे स्थानीय बिजन पटेलको टाली र बाँसले बनेको भुस राख्ने घरमा लागू औषध गाँजा लुकाएर राखिएको सूचना प्राप्त भएको थियो ।

सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले उक्त घरमा खानतलासी गर्दा कोठाभित्र १५ बोरा गाँजा फेला पारेको थियो । बरामद गाँजाको तौल करिब ३०० किलो रहेको छ ।

प्रवक्ता गौतमका अनुसार गाँजा बरामद भए पनि घरधनी बिजन पटेल भने फरार छन् । उनको खोजी कार्य जारी रहेको र बरामद गाँजा कसको हो तथा कहाँबाट ल्याइएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal