आज :

झापामा ११ ग्राम १५० मिलिग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ

  • अनलाइन डबली

झापा । झापाको कमल गाउँपालिका–५ चोलुङटोलबाट प्रहरीले ११ ग्राम १५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रनाउ रञ्जन अवाका अनुसार मंगलबार साँझ करिब ५ः२० बजे लागू औषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चोलुङटोलस्थित सडकमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

इलामको चुलाचुली गाउँपालिका–३ पेल्टिमारीबाट कमलतर्फ आउँदै गरेको मे।११ प ८१७७ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार तीन जनामाथि शंका लागेपछि प्रहरीले तलासी लिएको थियो । सो क्रममा उनीहरूको साथबाट लागू औषध खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–३ पेल्टिमारीका २४ वर्षीय निराज तामाङ, २० वर्षीय दिवान आड्ढेपा र ३१ वर्षीय कमल तामाङ रहेका छन् ।

प्रहरीका अनुसार बरामद पदार्थको प्रारम्भिक तौल ११ ग्राम १५० मिलिग्राम रहेको छ । पक्राउ परेका व्यक्तिहरूले प्रयोग गरेको मोटरसाइकलसमेत नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लागू औषध नियन्त्रण तथा बिक्री–वितरणविरुद्धको अभियानअन्तर्गत पछिल्लो समय झापाका विभिन्न स्थानमा प्रहरीले निगरानी तथा चेकजाँचलाई तीव्र बनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal