आज :

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

  • अनलाइन डबली

काठमाडौं । जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ ।
मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको आयोजना गरी देश राजनीतिक अनिर्णयको बन्दी बनेकोले त्यसको निकासका लागि नयाँ अभियान घोषणा गर्नुपरेको संयोजक परियारले बताए ।

संयोजक परियारले अभियानले देशमा विद्यमान विभेद, भ्रष्टाचार, अन्याय, शोषण तथा नागरिकका आधारभूत अधिकारसँग सम्बन्धित समस्याविरुद्ध संगठित रूपमा आवाज उठाउने जनाए ।

अभियानले नागरिकका मौलिक हक तथा अधिकारको संरक्षण, सामाजिक तथा आर्थिक विभेदको अन्त्य र राज्यका सेवा–सुविधामा समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएको उनले जनाए ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नयाँ भनिएकाहरु पनि पुरानै दलहरु भन्दा फरक नभएको आरोप लगाए । भ्रष्टाचार र सुशासनको नारा दिएर सत्तामा पुगेकाहरुले पनि थप भ्रष्टाचार र कुशासन चलाएका छन,् त्यसको खबरादारीका लािग अभियानले भूमिका खेल्ने विश्वास रहेको बताए ।

डा.निर्मल विश्वकर्माले शिक्षा, स्वास्थ्य, रोजगारी, आवास तथा सामाजिक सुरक्षा जस्ता जनताका मौलिक अधिकारहरुमाथि नै वर्तमान सरकारले प्रहार गरेको आरोप लगाए । विश्वकर्माले सरकारलाई खबरादारी गर्न अभियानको मुख्य लक्ष्य हुनुपर्ने सुझाए ।

सामाजिक अभियान्ता गणेश गोतामेले श्रमिकका अधिकार संरक्षण गर्ने, महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिमलगायत पछाडि पारिएका समुदायको अधिकार सुनिश्चित गर्न अभियानले भूमिका खेल्नुपर्ने धारणा राखे ।

अभियान्ता रामसुन्दर सुनामले भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, जवाफदेहिता र कानुनी शासनको प्रभावकारी कार्यान्वयनका लागि दबाब सिर्जना गर्नुपर्ने धारणा राखे ।
अभियान्ता राजन छिनालले डिजिटल तथा सामाजिक सञ्जालमार्फत नागरिक जागरण विस्तार गर्ने, विभिन्न सामाजिक अभियान सञ्चालन गर्ने तथा अधिकार र कर्तव्यबारे जनचेतना अभिवृद्धि गरिने जनाए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal