काठमाडौँ । रुसले पछिल्ला दिनमा युक्रेनको राजधानी किभलगायतका क्षेत्रमा लगातार हमला जारी राखेको छ । नेटो र अमेरिकाले दिएका रक्षा प्रणालीले रुसी हमला रोक्न नसकेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की तनावमा परेका छन् ।
जेलेन्स्कीले आफ्नो सेनाका प्रधानसेनापति ओलेक्सान्डर सिर्सकीलाई पदमुक्त गरेका छन्। यसअघि रक्षामन्त्री मिखाइलो फेडोरोभलाई हटाएको विरोधमा देशभर जेलेन्स्कीविरुद्ध प्रदर्शन जारी रहेको बला जेलेन्स्कीले सेना प्रमुखलाई नै हटाएका छन् ।
रक्षा मन्त्रालयलाई आधुनिकिकरण गरेको र भ्रष्टाचारविरुद्ध अभियान चलाएको भन्दै ३५ वर्षीय फेडोरोभको निकै प्रशंसा भइरहेको थियो। उनको भ्रष्टाचारविरुद्धमा अभियान चलाएको जेलेन्स्कीलाई मन नपरेको बताइएको छ । रक्षामन्त्रीपछि अहिले सेना प्रमुखलाई हटाएपछि जेलेन्स्कीको विरोध झन् चर्किएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।
जेलेन्स्कीले रुससँग कट्टर विरोधीको छबि बनाएका ४३ वर्षीय जनरल मिखाइलो द्रापातीलाई नयाँ सेना प्रमुख नियुक्त गरेका छन्। नियुक्तिपछि द्रापातीले पूर्ण जिम्मेवारी र देशको रक्षा गर्नेहरूप्रति सम्मानका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन्।


अनलाइन डबली



