आज :

ढुंगा बोल्छ तर प्रधानमन्त्री बालेन बाेदैनन्ः सांसद राई

  • अनलाइन डबली

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रधानमन्त्रीले संसद्को रोस्टमबाट दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका छन्।

उनले प्रधानमन्त्रीको भनाइ सच्याउन र संसद्को अभिलेखबाट हटाउन माग गरेको लामो समय बितिसक्दा पनि कुनै प्रतिक्रिया नआएको भन्दै असन्तुष्टि व्यक्त गरे।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले भने, ‘दुई महिना हाराहारी हुन लाग्यो, एक महिना क्रस भयो, प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति करेक्सन गर्नुपर्छ र यो रोस्टममा बोल्नुभएको रेकर्डबाट हटाउनुपर्छ भनेको । यत्रो लामो समय भइसक्यो बरु ढुंगा बोल्छ, मान्छे बोल्दैन भन्थे, त्यस्तै भयो अहिले।’

उनले प्रधानमन्त्रीले विगतमा काठमाडौं महानगरपालिकाको मेयर हुँदा सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिलाई स्मरण गर्दै वर्तमान अवस्थामा त्यसले आफूलाई चिन्तित बनाएको बताए ।

प्रधानमन्त्रीले विगतमा ‘सिंहदरबार जलाइदिन्छु’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै उनले देशका महत्वपूर्ण संरचना र सार्वभौम निकायको सुरक्षाबारे प्रश्न उठाए।

‘प्रधानमन्त्रीज्यूको त्यो नियतबस होइन, बाइमिस्टेक के बोल्न जाँदा के बोलेको हो भनेर उहाँले मिस्टेक भन्नुभयो भने पनि यो सदनमा आएर आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्छ,’ राईले भने।

सांसद राईले वर्तमान सरकारले गरिब, निमुखा, श्रमिक र साना उद्यमीको हितमा काम नगरेको आरोप पनि लगाए। उनले पठाओ राइडर, सुकुम्बासी तथा श्रमिक नागरिकमाथि सरकार कठोर बनेको दाबी गर्दै यस्तो कार्य रोक्न आग्रह गरे।

उनले लामो समयदेखि राज्यका विभिन्न निकायमा करार तथा श्रेणीविहीन कर्मचारीका रूपमा काम गरिरहेका हजारौँ कर्मचारीको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए।

सांसद राईले सर्वोच्च अदालतको आदेशअनुसार करार तथा अस्थायी कर्मचारीलाई महँगी भत्ता, सामाजिक सुरक्षा कोषलगायतका सुविधा उपलब्ध गराउन सरकारसँग माग गरे।

उनले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नुपर्ने बेला सरकारले कम्पनी खडा गरेर नीतिगत भ्रष्टाचार गर्न खोजेको आरोपसमेत लगाए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal