आज :

इरानका सर्वोच्च नेता खामेनीको इतिहासकै ठूलो अन्त्येष्टि, २ करोड मानिसहरु सहभागी हुने

  • अनलाइन डबली

काठमाडौँ । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको इतिहासकै ठूलो अन्त्येष्टी हुँदैछ । इरान सरकारले आफ्ना सर्वोच्च नेताको सम्मान र सम्झनामा इतिहासकै ठूलो अन्त्येष्टी गर्न लागेको हो ।

अमेरिका–इजरायलको संयुक्त हवाई हमलामा परी ज्यान गुमाएका ८६ बर्षीय खामेनीको अन्त्येष्टीको लागि इरानले सुरक्षा व्यवस्था कडा बनाएको छ । हत्यापछि पहिलोपटक बिहीबार राजधानी तेहरानमा खामेनीको कफिन शोकको लागि सार्वजनिक गएको थियो ।

सर्वोच्च नेता खामेनीको पूर्वनिवास नजिकै आयोजित एक सानो धार्मिक शोक सभाको आयोजना गरिएको थियो । इरानी सरकारी सञ्चारमाध्यमले तेहरानस्थित खामेनीको कम्पाउन्डमा आयोजित शोक सभाको भिडियो सार्वजनिक गरेका छन् ।

मञ्चमा राखिएको खामेनीको कफिनको अगाडि राता ट्युलिप फूलहरू सजाइएका थिए भने छतबाट कागजका पुतलीहरू झुन्ड्याइएको देखिन्थ्यो ।

गत फेब्रुअरी २८ मा अमेरिकी–इजरायलको संयुक्त हवाई हमलामा खामेनीको हत्या भएको थियो । खामेनीको शवसँगै इरानी सेनाका शक्तिशाली कमाण्डर जनरल अहमद वहिदी पनि सार्वजनिक भएका छन् । अन्त्येष्टि व्यवस्थापनसम्बन्धी बैठकमा सहभागी भएको इरानी संचारमाध्यमहरुले जनाएका छन् ।

खामेनीको अन्त्येष्टीसँगै इरान युद्धमा आफ्ना प्रियजन गुमाएका परिवारका सदस्यहरू कालो पहिरनमा शोक मनाउन उपस्थित भइरहेका छन् । उनीहरूले कफिनमा छुवाएर आशीर्वाद लिन आफ्ना स्कार्फ र अन्य वस्तुहरू भित्रका कर्मचारीतर्फ फ्याँकिरहेका थिए ।
इरानी सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका फुटेजहरुमा खामेनीको कफिनलाई सेतो अक्षरमा या हुसेन लेखिएको रातो झण्डाले ढाकिएको

तस्वीर सार्वजनिक भएको छ । यो झण्डा इराकको कर्बलास्थित इमाम हुसेनको सुनौलो गजुर भएको मजार (श्राइन) मा फहराइँदै आएको थियो, जसले अन्यायपूर्वक मारिएका व्यक्तिको बगेको रगत र बदलाको आह्वानलाई सङ्केत गर्ने बताइन्छ ।
आज बिहान सुरक्षाकर्मीहरूले खामेनीको कफिनलाई हातैले बोकेर तेहरानको ‘ग्रान्ड मोसल्ला’ मा पु¥याएका थिए । त्यहाँ धार्मिक नेताहरूले

खामेनी र उनका मारिएका परिवारका सदस्यहरू (जसमा उनकी १४ महिनाकी नातिनी जहरा मोहम्मदी गोलपायगानी पनि सामेल थिइन्) को कफिनको परिक्रमा गर्दै श्रद्धाञ्जली अर्पण गरे ।

शनिबारदेखि शुरू हुने केही दिन लामो अन्त्येष्टि यात्राका क्रममा खामेनीको पार्थिव शरीरलाई इरानका विभिन्न सहरहरू र छिमेकी देश इराकमा समेत लगिनेछ। दशकौँसम्म फलामे मुठ्ठीले इरानको शासन चलाएका र पश्चिमा देशहरूसँग कडा टक्कर लिएका खामेनीको बिदाइका लागि तेहरानका सडक, हवाई क्षेत्र र दैनिक जीवन ठप्प पार्ने अधिकारीहरूको योजना छ ।

इरानको इतिहासकै सबैभन्दा ठुलो अन्त्येष्टि

तयारी भइरहेको खामेनीको अन्त्येष्टिको इरानको इतिहासमै ठूलो हुने बताइएको छ । यसअघि सन् १९८९ मा इरानका ऐतिहासिक नेता आयातोल्लाह रुहोल्लाह खोमेनीको अन्त्येष्टिले त्यतिबेला विश्वमै चर्चाको विषय बनेको थियो । यतिबेला पनि अभूतपूर्व हलचल र इतिहासकै ठूलो संख्यामा मानिसहरु एकै ठाउँमा जम्मा हुने भएका छन् । रुहोल्लाहको अन्त्येष्टी भन्दा यतिबेला धेरै मानिसहरु इरानी अधिकारीको दाबी छ ।
रुहोल्लाको अन्त्येष्टिमा १ करोड २० मानिसहरु भेला भएका थिए । तर, यतिबेला करिब २ करोड जनताहरु अन्त्येष्टी समारोहमा सहभागी हुने बताइएको छ ।

गर्मी र भिडका कारण रुहोल्लाको अन्त्येष्टि समारोहमा ११ हजार मानिसहरु घाइते भएका थिए । जसमा ८ जनाको मृत्यु भएको थियो । उक्त अन्त्येष्टि समारोहले गिनिज वल्र्ड रेकड्र्स कायम गरेको थियो । जनसङ्ख्याको सबैभन्दा ठुलो प्रतिशत अन्त्येष्टिमा सहाभागी भएको पहिलो घटना थियो । यसपटक आफ्नै रेकर्डलाई इरान आफैले तोेड्ने देखिएको छ ।

यस्तो हुनेछ अन्त्येष्टि समारोह

इरानी सञ्चारमाध्यमका अनुसार जुलाई ४ (शनिबार) बिहान ६ बजेदेखि तेहरानस्थित इमाम खोमेनी ग्रान्ड प्रेयर ग्राउन्डमा सर्वसाधारणका लागि श्रद्धाञ्जली कार्यक्रम शुरू हुनेछ । जुलाई ५ (आइतबार) बिहान अन्तिम प्रार्थना आयोजना गरिनेछ । जुलाई ६ (सोमबार) विदेशी प्रतिमण्डलले समवेदना दिने । जुलाई ७ (मंगलबार) तेहरानबाट राजकीय अन्तिम यात्रा सुरु । जुलाई ७ (मंगलबार) इरानको पवित्र शहर कुम्ममा शव यात्रा पुग्ने । जुलाई ८ (बुधबार) नज्फ र कर्बलाबाट पनि अन्तम यात्रा सुरु । ९ जुलाई (विहीबार) मशहदमा अन्तिम संस्कार ।

आईआरजीसीको तेहरान कमान्डका प्रमुख ब्रिगेडियर जनरल हसन हसनजादेहका अनुसार अपेक्षित भीडका कारण एउटै सडक प्रयोग गर्न नसकिने निष्कर्षपछि फराकिलो क्षेत्रमा शवयात्रा सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

कार्यक्रमका लागि मेट्रो, बस सेवा, स्वास्थ्य सेवा, सुरक्षा संयन्त्र तथा अन्य सरकारी निकाय पूर्ण रूपमा परिचालन गरिएको छ । सहभागीहरूका लागि खानेपानी, भोजन, स्वास्थ्य सेवा, सरसफाइ र अन्य आवश्यक सुविधा उपलब्ध गराइने जनाइएको छ । इरानी अधिकारीहरूले समारोहमा १ करोड ५० लाख देखि २ करोडसम्म पुग्न सक्ने बताएका छन् ।

अन्त्येष्टि समाराेहमा हमला भए शक्तिशाली जवाफ

इरानी सेना आइआरजीसीले अन्त्येष्टिको समयमा अमेरिकी र इजरायलले हमला गरे त्यसको अहिलेसम्मकै ठूलो बदला लिने चेतावनी दिएको छ । सम्भावित हमलालाई ध्यानमा राखेर इरानी सेनाले अहिलेसम्म युद्धमा प्रयोग नगरेका शक्तिशाली हतियार तैनाथ गरेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal