आज :

पापडको नेतृत्वमा बालेन सरकारलाई खबर्दारी

  • अनलाइन डबली

काठमाडौं । वर्तमान सरकार एकपछि अर्को जनविरोधी कार्यमा अभिमुख भएको पेसागत संघ–संगठनहरुले आरोप लगाउँदै धर्ना कार्यक्रम गरेका छन् । शुक्रबार काठमाडौंको बबरमहलमा शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल(पापड)को नेतृत्वमा विभिन्न संघसंस्थाहरुले सरकारविरुद्ध धर्ना कार्यक्रम गरेका छन् ।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, नेपाल चिकित्सक संघका अध्यक्ष डा.बद्री रिजाल, नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्राडा. विजयप्रसाद मिश्र, नेपाल प्राध्यापक संघका अध्यक्ष प्राडा.रमेशकुमार जोशी, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बराललगायतले संबोधन गरेको कार्यक्रमलाई पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले संबोधन गरेका थिए ।

वक्ताहरुले वर्तमान सरकारले राजनीतिक, संवैधानिक तथा प्रशासनिक हरेका क्षेत्रमा दुइतिहाइको दम्ब देखाएर जनविरोधी कदम चलाएको आरोप लगाएका छन् ।

पछिल्लो पटक सुकुमवासी बस्ती जबर्जस्ती हटाउने, न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामै आँच आउने गरी कार्यपालिकाबाट निर्देशित न्यायापालिका सञ्चालन गर्ने हर्कतले सरकार निरङकुशता तिर उन्मुखभएको उनिहरुको जिकिर छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हकमा आघात पार्ने गरी सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दी लगाउने जस्ता कदमले लोकतन्त्रमा खतराको घण्टि बज्न थालेको भन्दै वक्ताहरुले चिन्ता व्यक्त गरे ।

संविधानप्रदत्त पेसागत तथा ट्रेड युनियनलगायतका संघ–संस्थामाथि राज्यको अंकुशले पेसागत संस्थाहरू सरकारलाई नागरिक सर्वोच्चता, मानवअधिकार, अन्तर्राष्ट्रिय कानुन र संविधानको वर्खिलापले जनता निरश बन्दै गएको जनाएका छन् ।
लोकतन्त्र र अधिकार रक्षाका लागि निरन्तर आन्दोलनको उद्घोषसमेत गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal