आज :

द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै

  • अनलाइन डबली

काठमाडौं । द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस शुक्रबार नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

द्वन्द्वका क्रममा हुने यौन हिंसाका पीडितलाई न्याय र पीडकलाई जवाफदेही बनाउने उद्देश्यका साथ हरेक वर्ष जुन १९ मा यो दिवस मनाइने गरिन्छ। यस दिवसले द्वन्द्वकालीन यौन हिंसाविरुद्ध विश्वव्यापी सचेतना अभिवृद्धि गर्नुका साथै पीडित तथा बाँचेकाहरूको सम्मान र अधिकार सुनिश्चित गर्न जोड दिने गर्दछ।

यस वर्षको दिवसको नारा ‘बालबालिकामाथि हुने द्वन्द्वकालीन यौन हिंसा रोकौँ, सुरक्षित भविष्य र सशक्त संरक्षक निर्माण गरौँ’ रहेको छ। युद्ध, द्वन्द्व तथा अस्थिरताका समयमा बालबालिकामाथि हुने यौन हिंसाविरुद्ध विश्व समुदायलाई एकजुट हुन आह्वान गर्दै यो नाराले बालबालिकाको सुरक्षित भविष्य सुनिश्चित गर्न तथा अभिभावक, संरक्षक र समुदायको भूमिका सशक्त बनाउनुपर्ने सन्देश दिएको छ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१५ देखि जुन १९ लाई ‘द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस’ का रूपमा मनाउने घोषणा गरेको थियो। संयुक्त राष्ट्रसंघका अनुसार यस दिवसले द्वन्द्वसँग सम्बन्धित यौन हिंसा अन्त्य गर्न आवश्यक जागरूकता फैलाउने र विश्वभरका पीडित तथा बाँचेकाहरूलाई सम्मान गर्ने अवसर प्रदान गर्दछ।

द्वन्द्व–सम्बन्धित यौन हिंसामा युद्ध वा सशस्त्र द्वन्द्वका क्रममा हुने बलात्कार, यौन दासत्व, जबर्जस्ती गर्भधारण, गर्भपतन, जबर्जस्ती विवाहलगायतका गम्भीर यौन अपराधहरू समावेश हुन्छन्। यस्तै, यौन शोषण वा हिंसाका उद्देश्यले गरिने मानव बेचबिखनलाई पनि यसैअन्तर्गत राखिएको छ।

नेपालमा पनि सशस्त्र द्वन्द्वको अन्त्य भएको दुई दशक नजिक पुग्न लाग्दा पनि द्वन्द्वकालीन यौन हिंसाका धेरै पीडितले अझै न्याय प्राप्त गर्न नसकेको भन्दै नेपालको राष्ट्रिय मानव अधिकार आयोगले बारम्बार ध्यानाकर्षण गराउँदै आएको छ।

सत्य निरुपण तथा मेलमिलाप आयोग नेपालका अनुसार सशस्त्र द्वन्द्वकालमा भएका मानवअधिकार उल्लङ्घन र मानवताविरुद्धका घटनासम्बन्धी ६३ हजार ७१८ उजुरी दर्ता भएका छन्। तीमध्ये बलात्कार तथा यौनजन्य हिंसासम्बन्धी ३१४ उजुरी रहेका छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal