आज :

वामपन्थी, लोकतान्त्रिक र समाजवादी युवाहरूबीच वृहत् छलफल हुने

  • अनलाइन डबली

काठमाडौं । विभिन्न समूह, संगठन तथा पार्टीमा आबद्ध वामपन्थी, लोकतन्त्रप्रति प्रतिबद्ध समाजवादी, प्रगतिशील तथा पहिचानवादी युवाहरूको सहभागितामा वृहत् छलफल कार्यक्रम आयोजना गरिने भएको छ । आइतवार राजधानीमा भएको बैठकले राज्यले संविधान विपरित जनविरोधी गतिविधि र राष्ट्रघाति कदमहरुको प्रतिवादका लागि संयुक्त र प्रभावकारी सहकार्य गर्ने जनाएको छ ।

आयोजकहरूले जारी गरेको आह्वानपत्रमा लोकतान्त्रिक मूल्यमा आधारित समाजवादी आन्दोलनको रक्षा, संविधानका आधारभूत मूल्यहरूको संरक्षण, सामाजिक न्याय, समावेशिता तथा जनअधिकारको सुदृढीकरणका विषयमा केन्द्रीत भएर छलफल गरिने उल्लेख गरिएको छ ।

आह्वानपत्रमा विगतका नेताहरूले पु¥याएको सकारात्मक योगदानको सम्मान गर्दै नयाँ पुस्तालाई नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम जनशक्ति तयार पार्ने, लोकतान्त्रिक गणतन्त्रलाई थप प्रभावकारी बनाउने तथा संविधान पुनरावलोकन प्रक्रियामा जनअधिकारमुखी दृष्टिकोण स्थापित गर्ने उद्देश्य रहेको जनाइएको छ ।

यस्तै, राज्यका तर्फबाट हुने जनविरोधी तथा संविधानविपरीत गतिविधिहरूका कारण प्रभावित वर्ग, समुदाय, जाति, क्षेत्र, लिङ्ग तथा आम नागरिकका हकहितका पक्षमा एकताबद्ध पहल गर्ने विषयमा पनि छलफल केन्द्रित हुने बताइएको छ । कार्यक्रममा राष्ट्रियता, सुशासन, सामाजिक न्याय र समृद्धिसम्बन्धी समसामयिक मुद्दाहरूमा व्यापक बहस गरिने आयोजकहरूको भनाइ छ।

असार ४ गते आयोजना हुने उक्त छलफलमा वामपन्थी, लोकतान्त्रिक, समाजवादी तथा सचेत युवाहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ ।

कार्यक्रमको आह्वानमा प्रलोपाकी लक्ष्मी गुरुङ, आजपका तिलक थापामगर, नेकपा माओवादीका चन्द्र खड्का, अधिवक्त–नागरिक समाजका रत्नेश्वर प्रा. शर्मा, देशभक्त युवा अभियानका प्रकाश बानियाँ, लोक गायक तिलक परियार, नउपाका जिवछ यादव र प्रोसिड चौधरी, लेखक तथा पत्रकार मनऋषि धिताललगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको हस्ताक्षर रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal