काठमाडौं । गणतन्त्र दिवसकै दिन दलित अभियान्ता जनक परियार गिरफ्तार भएका छन् । परियारले सिन्धुलीका श्रीकृष्ण विश्वकर्माको न्यायका लागि गरिएको कार्यक्रममा दिएको अभिव्यक्तिपछि उनलाई गिरफ्तार गरिएको प्रहरी स्रोतले बताएको छ ।
विहान करिब ११ बजे बानियाटारस्थित उनको डेराबाट भद्रकाली परिसरबाट गएको प्रहरी उनलाई गिरफ्तार गरेको उनि स्वयमले जानकारी दिएका हुन् । अहिले उनलाई भद्रकाली प्रहरी परिसरमा राखिएको बताइएको छ ।
सो गिरफ्तारीपछि दलित अगुवा तथा पूर्वराजदूत डा.निर्मल विश्वकर्माले बोलेकै भरमा गिरफ्तार गर्नु अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको ठहर गरेका छन् ।
श्रमसंस्कृतिक पार्टीका युवा नेता निर्मल परियारले सामाजिक सञ्जालमा भइरल भएको विषयलाई लिएर गिरफ्तार गर्नु गलत भएको बताए । परियारले हजारौं वर्षदेखि दलित उत्पीडनको आक्रोश व्यक्त गर्दा धार्मीक आस्थाको कारण देखाएर गिरफ्तार गर्नु दलित संवदेनामाथि प्रहारको विषय भएको बताए ।

श्रीकृष्ण विश्वकर्माको हिरासतमा मृत्यु र उनको न्यायका लागि आमा विन्दामाय विश्वकर्मा एक महिनादेखि माइतिघरमा धर्ना बस्दा पनि नबोल्ने व्यक्तिहरुले जनकलाई प्रहार गरेकोप्रति रोश व्यक्त गरे । “एक महिना बढी भइसक्यो श्रीकृष्णको मृत्यु भएको माननीय ज्ञानेन्द्र शाही, अभियान्ता भिनिएका भिमउपाध्यायहरुले बोल्नु भएन तर आज उहाँरुले नै दलितमाथि प्रहार गर्नुभयो” परियारले भने ।
‘प्रहरी हिरासतमा मृत्यु भएका श्रीकृष्ण विश्वकर्मा’को न्यायका लागि गत १२ गते मंगलबार संवाद डबलीमा आमा विन्दमया विश्वकर्मासहित अन्तरक्रियामा अभियान्ता जनकले दिएको अभिव्यक्तिको व्यापक आलोचना भएको थियो ।
सामाजिक सञ्जालमा आलोचनापछि जनकले सो बारे स्पष्टिकरण दिदै भने,“मैले दलित समुदायका सायौं अन्यायपूर्ण मृत्युबरण गर्नुपरेका श्रीकृष्ण विक लगायतका साथिहरुको न्यायको गुहार माग्नेक्रममा बोलेको अभिव्यक्ति हो, निश्चित धार्मीक आस्थामाथि आक्रोश व्यक्त गरेको हैन ।”
कथित उच र निच जातियक्रमको जाँतोबाट अत्याधिक दलित समुदाय पिसिएको जिकिर गर्दै जनकले भने,“आजको २१औं सताब्धिमा पनि नेपाली समुदायमा हिन्दू पण्डितहरुले खिचेको सोचले हामीहरुको जीवन कष्टकर बनेको सत्य हो, तर कसैको धार्मीक आस्थामाथि पुगेको चोटप्रति दुःखी छु ।”
परियारले दलित समुदायलाई आहिले पनि गाउँघरका दुरदराजमा धार्मीक हिसाबले पनि अछुत बनाइने प्रक्रिया पुनः बढेको बताउँदै भनेका थिए,“मठमन्दिरमा दलितलाई निशेध छ, ढुंगालाई पूज्ने दलितलाई थुक्ने यो व्यवहार कहिलेसम्म सहने, ढुङ्गाको अगाडि दलितको मूल्य छैन भने आगो लगाए हुन्छ ।” ‘सो अभिव्यक्तिको लक्ष्य धार्मीक आस्थामा खलल पुर्याउने नभएर दलितको अन्यायको आधार मठमन्दिर हुनुहुँदैन भन्ने हो’ भन्दै स्पष्टिकरण दिएका थिए ।


अनलाइन डबली

