आज :

१३ बलमै अर्धशतक : आईपीएलमा उर्भिल पटेलले बराबरी गरे यशस्वी जैसवालको कीर्तिमान

  • अनलाइन डबली

काठमाडौं । आईपीएलमा सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान फेरि चर्चामा आएको छ । आइतबार चेन्नई सुपर किंग्सका युवा ब्याटर उर्भिल पटेलले केवल १३ बलमै अर्धशतक प्रहार गर्दै इतिहासकै सबैभन्दा छिटो ५० रन बनाउने खेलाडीको सूचीमा आफ्नो नाम दर्ज गराएका हुन् ।
लखनउविरुद्ध २०४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा उर्भिलले २३ बलमा ६५ रनको विस्फोटक इनिङ खेले । उनले २ चौका र ८ छक्का प्रहार गर्दै १३ बलमै अर्धशतक पूरा गरेका थिए । यससँगै आईपीएल इतिहासका सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडीहरूको सूची फेरि चर्चामा आएको छ ।

आईपीएल इतिहासका सबैभन्दा कम बलमा पुरा भएका पाँच अर्धशतक

यशस्वी जैसवाल – १३ बल

सन् २०२३ मा राजस्थान रोयल्सका ओपनर यशस्वी जैसवालले कोलकाता नाइट राइडर्सविरुद्ध १३ बलमै अर्धशतक पूरा गरेका थिए । उनले ४७ बलमा अविजित ९८ रन बनाउँदा १२ चौका र ५ छक्का प्रहार गरेका थिए ।

उर्भिल पटेल – १३ बल

चेन्नई सुपर किंग्सका उर्भिल पटेलले लखनउविरुद्ध १३ बलमै अर्धशतक पूरा गर्दै जैसवालको कीर्तिमान बराबरी गरेका हुन् ।

केएल राहुल – १४ बल

सन् २०१८ मा केएल राहुलले दिल्ली क्यापिटल्सविरुद्ध १४ बलमै अर्धशतक बनाएका थिए। उनले १६ बलमा ५१ रन बनाउँदा ६ चौका र ४ छक्का प्रहार गरेका थिए ।

प्याट कमिन्स – १४ बल

सन् २०२२ मा कोलकाता नाइट राइडर्सका लागि खेल्दै प्याट कमिन्सले मुम्बई इन्डियन्सविरुद्ध १५ बलमा अविजित ५६ रन बनाएका थिए । उनले ४ चौका र ६ छक्का प्रहार गरेका थिए ।

रोमारियो शेफर्ड – १४ बल

गत सिजन रोयल च्यालेन्जर्स बैंग्लोरका लागि खेल्दै रोमारियो शेफर्डले चेन्नई सुपर किंग्सविरुद्ध १४ बलमै अर्धशतक प्रहार गरेका थिए । उनले अविजित ५३ रन बनाएर टोलीलाई २१३ रनको बलियो योगफलसम्म पु¥याएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal