आज :

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ : मेयर आचार्य

  • अनलाइन डबली

कोहलपुर । कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले शिक्षा र खेलकुदलाई उच्च प्राथमिकतामा राखेर आफूले काम गरिरहेको बताएका छन् ।

शनिबार कोहलपुरमा आयोजित ‘स्कुल टु ओलम्पिक’ कार्यक्रमलाई सम्बोधन गर्दै मेयर आचार्यले आगामी वर्षदेखि ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम हरेक स्कुलमा पुग्ने वातावरण बनाउन आफूले सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे ।

‘प्रस्तावना दिनुहोस्, हरेक स्कुले विद्यार्थीमाझ ओलम्पियनका अनुभव साटासाट गर्ने वातावरण तयार गर्न आवश्यक बजेटसहित कार्यक्रम बनाउँछौँ,’ नेपाल एपीएफ स्कुलको हलमा आयोजित कार्यक्रममा प्रमुख आचार्यले भने, ‘विद्यार्थीलाई खेलकुदसँग जोड्ने हरेक खेललाई सम्बोधन गर्न तयार छु, अब एउटा स्कुलमा मात्र हैन, कोहलपुर क्षेत्रका सम्पूर्ण विद्यालय लाभान्वित हुने गरी स्कुल टु ओलम्पिकलाई साझा कार्यक्रमका रूपमा विकास गर्नुपर्नेछ ।’

नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्टले मेयर आचार्यलाई मायाको चिनो प्रदान गरे । अध्यक्ष विष्ट दक्षिण एसियाली खेलकुदमा चार स्वर्ण पदक जित्ने नेपालका एक मात्र खेलाडी हुन् । उनले एसियाली खेलकुदमा दुई कास्य पदक जितेका छन् भने छनोट चरण पार गरे ओलम्पिकमा भाग लिने दोस्रो नेपाली खेलाडी हुन् । हालै उनी वल्र्ड ओलम्पियन एसोसियसनको कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् । ओलम्पियन विष्टले स्कुले विद्यार्थीलाई ओलम्पिकसम्म जाने सपना, आशा र विश्वास दिलाउन आफूहरूले देशव्यापी अभियान चलाएको बताए ।

कार्यक्रममा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले स्कुल टु ओलम्पिक कार्यक्रम निकै सदुपयोगी भएको बताए । एपीएफ स्कुलका विद्यार्थीलाई ओलम्पियन जुडोकी देबु थापा र उसुकी साग स्वर्ण विजेता जुनु राईले सेल्फ डिफेन्स सम्बन्धी ज्ञान र कला सिकाएका थिए भने ओलम्पियन सन्तोषी श्रेष्ठले आफ्नो यात्रा, संघर्ष र सफलताका बारे सुनाउँदा विद्यार्थीहरू निकै उत्साहित देखिएका थिए ।

ओलम्पियन देबुले पनि विद्यार्थीलाई अभिप्रेरित गरेकी थिइन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एलबी क्षेत्रीले विद्यार्थीलाई प्रेरित गर्ने कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने धारणा व्यक्त गरे ।

यसअघि नेपालगन्जमा भएको स्कुल टु ओलम्पिक कार्यक्रममा विभिन्न स्कुलका डेढ सय विद्यार्थीले ओलम्पियनसँग अन्तरक्रिया गरेका थिए । वल्र्ड रनिङको साझा निकाय एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस(एम्स)बाट मान्यताप्राप्त नेपालगन्ज १० म्युजिक नाइट रनलाई स्कुल टु ओलम्पिकसँग जोडेर नेपालगन्जमा भव्य कार्यक्रम गरिएको थियो ।

नेपालगन्जमा भएको स्कुल टु ओलम्पिक कार्यक्रममा ओलम्पियन सुरेन्द्र हमाल र पहिलो नेपाली महिला ओलम्पियन पार्वती थापा समेतले आफ्ना अनुभव साटेका थिए । रेस नेपाल र क्रियटिभ गन्ज मिडियाले यस कार्यक्रमको संयोजन गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal