आज :

अर्बाैं घाटामा पु-याउने संजिव झा डिडिसीबाट हटाइए, डा.पाण्डे महाप्रवन्धकको जिम्मेवारीमा

  • अनलाइन डबली

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)लाई अरबौंको घाटामा पु-याउने नि.महाप्रबन्धक संजिव झा हटाइएका छन् । बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट झालाई हटाएर मन्त्रालयका सहसचिव डा.शरण पाण्डेलाई महाप्रवन्धकको थप जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगत पर्ने डिडिसीको महाप्रवन्धकमा डा.पाण्डेले बिहिबार नै जिम्मेवारी लिएको संस्थानका प्रवक्ता निलकण्ठ गौतमले अनलाइन डबलीलाई जानकारी दिएका छन् ।
झाले अघिल्लो दुई वर्षिय कार्यकाल र गत भदौमा नि.महाप्रवन्धक पदमा पुनः नियुक्ति भएपछि डिडिसीलाई ३ अर्ब बराबरको घाटमा पुगाएको स्रोतको दाबी छ ।

पछिल्लो कार्यकालको समयमा गठबन्धन सरकारका तत्कालिन कृषि मन्त्री रामनाथ अधिकारीले नवौं तहका उप–महाप्रवन्धक राजेन्द्र प्रसाद अधिकारीलाई मन्त्रालयमा तानेर उनि भन्दा कनिष्ठ कर्मचारी संजिव झालाई संस्थानको निमित्त महाप्रवन्धकमा नियुक्त गरेका थिए ।

अघिल्लो कार्यकालका लागि तत्कालिन कृषि मन्त्री महेन्द्र राय यादवले झालाई २०७८ चैत १४ गते दुई वर्षको लागि नियुक्त गरेका थिए । झा महाप्रबन्धक बन्नु अगाडि संस्थानको संक्षित नोक्सानी ५६ करोड रहेको थियो । “उनको २ वर्षिय कार्यकालमा संस्थानको १ अरब ४८ करोड घाटा पुग्यो” स्रोतले भन्यो ।

यसरी संस्थानमा रहेका बेथिति र डिडिसीको गिर्दो शाखलाई उकास्नुको सट्टा थप बढावा दिने व्यक्तिाई तत्कालिन सरकारले पुन जिम्मेवारी दिनुलाई गम्भीर आशंकासहितिको दृष्टिले हेरिएको थियो ।
“जेनजी आन्दोलनको एक दिन अगावै (२०८२ भदौ २२ गते) उनिभन्दा वरिष्ठतम् कर्मचारीलाई मन्त्रालय तानेर भ्रष्टाचार आरोप लागेका व्यक्तिलाई दोस्रो पटक नियुक्त गर्दा संस्थान थप लथालिङ्ग भएको छ, त्यसको असर किसानको भुक्तानीमा प्रस्ट पारेकोछ” एक कर्मचारीले भने ।

झाले संस्थानमा अनियमितता गरेको भन्दै सम्बन्धित निकायहरुमा उजुरी परेको र हालसम्म कुनै निकायबाट छानविन तथा कारवाही नभएको उजुरीकर्ताहरुले गुनासो गर्दै आएका छन् । “वर्तमान सरकारले झालाई हटाएर मात्रै पुग्दैन उनका विगतका कर्तुतहरुको छानविन गरि कारवाहीको दायरामा ल्याउने हामीलाई विश्वास छ” ती उजुरीकर्ताले भने ।

महाप्रवन्धक नियुक्ति प्रक्रियमा झुटो विवरण पेस गरेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालले सर्बोच्च अदालतमा मुद्धा दायर गरेको थियो । अदालतमा कृषकहरुको दुधको भुक्तानी १५/१५ दिनमा हुँदै आएको तर झा जिम्मेवारीमा आएपछि ६ महिनासम्म पुगाएको, काठमाडौं दुग्ध वितरण आयोजना बालाजुको ‘प्लान्ट अपग्रेसन’को लागि अर्थमन्त्रालयबाट दिइएको १५ करोड रकमको दुरुपयोग गरेको, पाउडर–मख्न खरिद तथा विक्रिमा भ्रष्टाचार गरेको, भारतबाट दुध तस्करी गरी नेपाली किसानलाई कोटा लगाएर झाले दुध पोख्न बाध्य परेको समेत आरोप छ ।

उपभोक्तालाई दुध महाँगोमा वितरण गर्ने तर संस्थानलाई घाटा देखाई नाफा जति भ्रष्टाचार गर्ने गरेको, भारतबाट सर्लाही हुँदै काठमाडौं ल्याइने गरेकोमा अखाद्य दुध भेटेपछि दुध ड्रेन (नस्ट) गरे पनि भूक्तानी गर्न नर्पेने हुँदाहुँदै सोको भूक्तानी देखाएर भ्रष्टाचार गरेको विभिन्न निकायहरुमा दिइएको उजुरीमा उल्लेख छ ।

सो विषयमा झासंग सम्पर्क गर्दा आफूलाई हटाइएको नभई नियमित प्रक्रिया भएको बताए । “म संस्थानको कर्मचारी भएकोले आफ्नै पदमा फर्किएको छु” झाले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal