आज :

गौर भन्सारद्वारा लक्ष्यअघि नै ९८ प्रतिशत राजस्व संकलन

  • अनलाइन डबली

रौतहट । गौर भन्सार कार्यालयले चालु आर्थिक वर्षको लक्ष्य समयभन्दा निकै अगाडि नै राजस्व संकलन पूरा गर्ने भएको छ ।

आर्थिक वर्ष सकिन साढे दुई महिना बाँकी रहँदै कार्यालयले तोकिएको लक्ष्यको ९८.५१ प्रतिशत राजस्व संकलन गरिसकेको छ । भन्सार कार्यालयको वार्षिक लक्ष्य ३३ करोड २९ लाख ९२ हजार रुपैयाँ रहेकोमा संकलित रकम (वैशाख १३ सम्म) ३२ करोड ८० लाख २१ हजार ५९१ रुपैयाँ छ । यो प्रगति प्रतिशतस् ९८.५१५ रहेको गौर भन्सारका प्रमुख भन्सार अधिकृत विकास कुमार रजकले बताए ।

उनका अनुसार सिमानामा हुने अवैध ओसारपसार नियन्त्रण र राजस्व चुहावट रोक्न चालिएका कदमले गर्दा यो सफलता मिलेको हो। अनिवार्य भन्सारको नियमले गर्दा राज्यको कोषमा सकारात्मक प्रभाव परेको उनी बताउँछन् । विगतका वर्षहरूमा लक्ष्य भेटाउन धौ-धौ परिरहेको अवस्थामा यस वर्ष भन्सार प्रशासनले लिएको कडा नीतिका कारण उपलब्धि उत्साहजनक देखिएको हो ।

भारतबाट भित्रिने वस्तुहरूको आयातमा भन्सार प्रशासनले विशेष निगरानी र कडाइ गरेको छ । एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियम कडाइका साथ लागू गरिएको छ ।

भन्सारमा कडाइ गरिएसँगै अवैध आयात घटेको र स्थानीय नेपाली बजारमा व्यापारिक चहलपहल बढेको पाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal