आज :

दक्षिण ललितपुरमा ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना

  • अनलाइन डबली

ललितपुर । जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममार्फत आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित महांकाल, कोन्ज्योसोम र बागमती गाउँपालिकाका विभिन्न धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको अवलोकन गरेको हो ।
अवलोकनका क्रममा महांकाल गाउँपालिकामा रहेको प्रसिद्ध कालेश्वर महादेव मन्दिर पुगेका सहभागीहरूले धार्मिक आस्था र ऐतिहासिक महत्वबारे जानकारी लिएका थिए । स्थानीय जनविश्वासअनुसार स्वस्थानी व्रतकथासँग सम्बन्धित यस क्षेत्रको धार्मिक महत्त्व विशेष रहेको छ । समुद्र सतहबाट करिब २ हजार ९ सय मिटर उचाइमा अवस्थित उक्त मन्दिर प्रत्येक वर्ष चैत पूर्णिमामा लाग्ने मेलाका कारण पनि चर्चित छ, जहाँ विभिन्न जिल्लाबाट हजारौँ भक्तजन पुग्ने गर्दछन् ।
प्याङगाउँस्थित आंगःछे देवस्थलमा प्रत्येक महिनाको औँसी र चतुर्थीमा विशेष पूजा हुने परम्परा रहेको छ । उक्त स्थलमा कडा धार्मिक नियमहरू लागू गरिएका छन्, जहाँ सीमित व्यक्तिहरूलाई मात्र प्रवेश अनुमति दिइएको छ ।
यसैगरी, कोन्ज्योसोम गाउँपालिकामा निर्माण गरिएको कोन्ज्योसोम प्रतिमा (बुद्धका तीन मूर्ति) को पनि अवलोकन गरिएको थियो । फूलबारी डाँडाबाट हिमाली शृङ्खलाहरू अवलोकन गर्न सकिने भएकाले यो क्षेत्र पछिल्लो समय पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
त्यस्तै बागमती गाउँपालिकाको भट्टेडाँडास्थित मैरेभिरको राडर क्षेत्र पनि अवलोकन गरिएको थियो । यस क्षेत्रलाई साहसिक पर्यटन, दृश्यावलोकन तथा प्राकृतिक भ्रमणका लागि उपयुक्त गन्तव्यका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal