आज :

विदेशमा रहेका १० लाख नेपालीलाई पार्टीसँग जोड्ने रास्वपाको अभियान : नेपालीको ज्ञान, सीप र अनुभवलाई संस्थागत गर्न

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न देशमा रहेका नेपालीलाई रेमिट्यान्सको स्रोतमा मात्र सीमित नभइ राष्ट्र निर्माणमा सहनिर्माताका रूपमा स्थापित गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।

रास्वपाको प्रवास नेपाली सम्पर्क विभागले एक विज्ञप्ति जारी गर्दै विदेशमा रहेका नेपालीहरूको अनुभव, सीप, दृष्टिकोण सीप, अनुभव र नेटवर्कलाई नेपालको विकाससँग प्रत्यक्ष जोड्ने लक्ष्य राख्दै अभियान सञ्चालन गरेको जनाएको छ ।

विभागदे ‘प्रवास सदस्यता विस्तार अभियान सञ्चालन गरिनेछ । जसमार्फत नेपालीलाई औपचारिक रूपमा पार्टीसँग जोड्ने उद्देश्यले आगामी चरणमा कम्तिमा १० लाख सदस्य प्रवासबाट निर्माण गर्ने लक्ष्य राखिएका छ ।

त्यसैगरी, विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई संस्थागत गर्न प्रोफाइल बैंक स्थापना गर्ने योजना अघि सारिएको छ।
विभागले नेपालमा लगानीका सम्भावना पहिचान गर्ने, विदेशमा हासिल गरिएका सीपहरूको उपयोग गर्ने, स्टार्टअप, उद्यमशीलता र रोजगार सिर्जनाका लागि परियोजना विकास गर्ने र स्वदेश फर्कन लगानीकर्तालाई मार्गदर्शन प्रदान गर्ने लक्ष्य राखेको छ ।

प्रोफाइल बैंक बनेपछि आइडिया बैंकको काम सञ्चालनमा ल्याउने तयारी रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal