आज :

मदनकृष्ण श्रेष्ठको जन्मदिनको अवसरमा नागरिक अभिनन्दन

  • अनलाइन डबली

ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको अवसर पारी नागरिक अभिनन्दन गर्ने भएको छ । वरिष्ठ कलाकार श्रेष्ठलाई पाटन दरवार क्षेत्रमा परम्परागत शैलीमा बाजागाजासहित स्वागत गरिने १६ वडाका अध्यक्ष निर्मलरत्न शाक्यले बताउनु भएको छ ।

बरिष्ट कलाकार श्रेष्ठलाई नेवार परम्परानुसार जन्मदिनको सगुन प्रदान गरिनेछ भने कलाकार समितिले ‘ललितरत्न’ उपाधिसहित सम्मानपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । यस कार्यक्रममा ललितपुर तयारी पोशाक ब्यापार संघ, वाद्य शिरोमणी घराना, आरबी डायमण्ड ज्वेलरी, पाटन पर्यटन विकास संस्था, ज्योति म्यूजिक, यल नेवाः समाज, मुनासः, शाक्य बज्राचार्य समाज, ताम्रकार समाज, ललितपुर हस्तकला संघ, प्लेइग फर चैन्ज, डिलाइट स्कुल, नेपालभाषा मंका खलः यल, मंगल टोल सुधार संघ, थ्रीस्टार क्लब, ललितपुर उद्योग वाणिज्य संघ, ललितपुर सुनचॉदी ब्यवसायी संघ, स्यस्यः समाज, प्रोजेक्ट बाजा नेपाल, भुल्खु टोल सुधार समिति, लगायत २० भन्दा बढी संघसंस्थाहरुले सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा मदनकृष्ण श्रेष्ठका अभिन्न ब्यक्तित्वहरुका साथमा संवाद गरिनुका साथै वरिष्ठ कलाकार श्रेष्ठका लोकप्रिय गीतहरु प्रस्तुत गरिनेछ ।
साँझको ५ बजे पाटन दरवारमा स्वागत गरी कार्तिक डबलीमा आयोजना हुने सम्मान समारोहमा लोकप्रिय गायक, गायिकाहरुले मदनकृष्ण श्रेष्ठका गीत प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको छ ।
५ बर्षदेखि निरन्तर कला क्षेत्रमा समर्पित भइ विभिन्न कार्यक्रम आयोजना गर्र्दै आएको १६ वडा कलाकार समितिले यस अघि वरिष्ठ शास्त्रीय संगीतज्ञ मोहन प्रसाद जोशी तथा वरिष्ठ कलाकार रत्न बेहोशीलाई ललितरत्न उपाधि प्रदान गरी सम्मान गरिसकेको छ ।
कार्यक्रमका संयोजक सुरजवीर बज्राचार्यका अनुसार सम्मान तथा नागरिक अभिनन्दन एवं सांस्कृतिक सांगीतिक कार्यक्रम साँझ हुँदैछ भने विहान ९ बजेदेखि वरिष्ठ कलाकार श्रेष्ठको जन्मदिनको अवसरमा पाटन दरवार क्षेत्र, महारानी पोखरी परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal