आज :

संसद्मा प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने कांग्रेस निर्णय

  • अनलाइन डबली

ठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसद्मा प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने र सरकारका सकारात्मक काममा सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र विधिको शासनमा कुनै सम्झौता नगर्ने जनाएको छ ।

बैठकले अभिव्यक्ति स्वतन्त्रता खुम्चिँदै गएको भन्दै चिन्ता व्यक्त गरेको छ भने सामाजिक सञ्जाल नियमनका नाममा नियन्त्रण नगर्न सरकारलाई सचेत गराएको छ ।

जुनसुकै ओहोदामा बसेका वा जिम्मेवारी सम्हालेका व्यक्ति भए पनि राज्यले कानुनी प्रक्रिया अनुसार अनुसन्धान गर्न खोज्दा सहयोग गर्नु आवश्यक छ भन्ने विषयमा नेपाली कांग्रेस स्पष्ट रहेको र सबैलाई सहयोग गर्न आग्रह गरिएको छ ।

बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण, एकतर्फी र चयनात्मक रहेको निष्कर्ष निकालेको छ। गत भदौ २४ गतेका घटनाको पर्याप्त छानबिन नभएकाले उक्त घटनाको पुनःनिष्पक्ष अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको गरेको छ ।

त्यसैगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि नियन्त्रणका लागि कर घटाउने, भ्याटमा सहुलियत दिने र विद्यार्थीलाई राहत दिन सरकारसँग आग्रह गरिएको छ ।

बैठकले भातृ संस्थासम्बन्धी र प्रवासस्थित जनसम्पर्क समितिको प्रतिवेदन पारित गरेको छ ।
यस्तै, क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal