आज :

कांग्रेसको क्रियाशील सदस्यताबारे अलमल छैन, देउवा पक्ष सीमाबाहिर जान मिल्दैन : गगन थापा

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने अभियान सुरु गरेको छ ।

नयाँ वर्षको पहिलो दिन मंगलबार नेपाली कांग्रेसको ‘एक महिने जरा अभियान’ पार्टीका सभापति गगन कुमार थापाले काठमाडौं महानगरपालिका–३० मा आफ्नो सदस्यता अद्यावधिक गर्दै अभियानको शुभारम्भ गरेका हुन् ।
क्रियाशील सदस्यता अद्यावधिक गर्ने र पार्टीलाई पुनर्संगठित गर्ने यस अभियानलाई कांग्रेसले ‘जरा अभियान’को रुपमा घोषणा गरेको छ ।

संगठनलाई व्यवस्थित, सुदृढ र अद्यावधिक बनाउने उद्देश्यले सुरु गरिएको जरा अभियान वैशाख मसान्तसम्म सञ्चालन हुने सभापति थापाले जानकारी दिए । अभियानअन्तर्गत देशभरका क्रियाशील सदस्यहरूलाई समयमै सदस्यता नवीकरण तथा अद्यावधिक गर्न आग्रह गरिएको छ।
पार्टीको सदस्यता अध्यावधिक गर्न आफ्नो वडामा आफै जानुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ।

सभापति थापाले भने, ‘यो जरा अभियान हाम्रो उत्साह र विश्वासको नयाँ अभियान हो । अभियान अन्तर्गत हामीले राष्ट्रियतालाई सबल बनाउनका निम्ति संविधानले दिएको क्षेत्राधिकार भित्र रहेर संसदभित्र रहेका सबै दलहरुसँग सहकार्य गर्छौं । खासगरी नेपाल सरकारसँग सहकार्य गर्छौ । डेमोक्रेसीको जरा सबल बनाउनको निम्ति संसदभित्र प्रमुख प्रतिपक्षको आफ्नो भूमिका सशक्त र जिम्मेबार भएर निर्वाह गर्छौ ।’

‘यो अभियान भनेको पार्टीको जरा बलियो बनाउने हो । जरा बलियो बनाउन वर्षभरी काम गर्नुपर्ने छ । महाधिवेशनको प्रक्रिया प्रारम्भ गरिसकेका छौ । आजबाट नेपाली कांग्रेसको सदस्यता सम्बन्धि नयाँ अभियान सुरु भएको छ । यो सन्दर्भमा साथीहरुमा अलमल भएको हो की भन्ने मलाई लागेको छ । अब अलमल मान्नु पर्दैन्’ उनले स्पष्ट पारे ।

पार्टीले यसलाई संगठन सुदृढीकरण र अनुशासन मजबुत बनाउने महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ ।
त्यस्तै, थापाले शेर बहादुर देउवा पक्षलाई सीमाबाहिर गएर गतिविधि नगर्न चेतावनी दिएका छन् ।

‘पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ । सीमाभन्दा बाहिर गएर यसलाई सहन सक्ने कुरा हुँदैन,’ उनले भने । सबैलाई मिलाएर लैजाने आफ्नो प्रयासलाई कमजोरी नठानिदिन उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal