आज :

सांसद सुनारले सदनमा उठाए सोती घटना, दलितमाथि भइरहेका अत्याचारप्रति ध्यानाकर्षण

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले रुकुम पश्चिमको सोती घटनालाई संसदमा उठाउँदै दलित समुदायमाथि भइरहेका अत्याचारप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले २०७७ जेठ १० गते रुकुमको सोतीमा नवराज विश्वकर्मासहित ६ जना युवाको अन्तरजातीय प्रेम सम्बन्धका कारण निर्ममतापूर्वक हत्या गरिएको घटना स्मरण गरे ।
‘आजभन्दा सात वर्ष पहिले रुकुमको सोतीमा नवराज विश्वकर्मासहित ६ जना युवाहरूको हत्या भयो । अन्तरजातीय प्रेम र विवाहका कारण भएको त्यो घटना सामान्य विवाद मात्र थिएन, जातकै आधारमा गरिएको विश्वमै दुर्लभ र भयावह घटना हो,’ उनले भने ।
०७७ जेठ १० गते जाजरकोटको रानागाउँका २१ वर्षीय नवराज विक विवाहका लागि रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती पुगेका बेला स्थानीयले लखेट्दा ६ जनाको ज्यान गएको थियो भने १२ जना घाइते भएका थिए । मृतकहरूको शव भेरी नदीमा भेटिएको थियो ।
सांसद सुनारले हालैका अन्य घटनाहरू पनि उल्लेख गर्दै दलित समुदायमाथि हिंसा र विभेद अझै कायम रहेको बताए ।
‘केही समयअघि मात्रै सुर्खेतमा इनिशा विकको बलात्कारपछि हत्या भएको छ । आजभन्दा आठ वर्ष पहिले काभ्रेको पाँचखालमा हत्या गरिएका अजित मियाँको शव अझै काठमाडौंको टिचिङ अस्पतालको मुर्दाघरमा छ,’ उनले भने ।
उनले दलित समुदायको अवस्था चित्रण गर्दै ‘दलित उतापट्टि लास बनेर बसेको छ, जिउँदो दलित यतापट्टि दास बनेर बसेको छ’ भन्ने टिप्पणी गरे ।
सांसद सुनारले यस्ता घटनाको अन्त्यका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याए । उनले सरकारले दलित समुदायसँग मागेको क्षमायाचनाको लागि धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal