आज :

युएस ओपन करातेमा सन्तोषलाई काँस्य

  • अनलाइन डबली

काठमाडौं । अमेरिकामा भएको युएसए ओपन कराते च्याम्पियनसिप २०२६ मा नेपालका सन्तोष राईले कँंस्य पदक जितेका छन् ।

टेक्सास राज्यस्थित फोर्ट वर्थ कन्भेन्सन सेन्टरमा आइतबार भएको च्याम्पियनसिपमा नेपाली खेलाडी सन्तोषले काता विधातर्फ काँस्य पदक जितेका हुन् । यस प्रतियोगितामा सन्तोषले रिपेचाजमार्फत पदक सुरक्षित गरे । रिपेचाजमा अमेरिकाका कारास्क्वेललाई हराउँदै सन्तोषले नेपाललाई पदक दिलाए ।

त्यसअघि पहिलो खेलमा अमेरिकाकै भिरायो पिएरपाओलोलाई हराएर सन्तोषले विजयी यात्रा सुरु थिए । उनले दोस्रो खेलमा पनि अमेरिकाकै कोम्पस जोनीलाई पराजित गरे । तेस्रो खेलमा भने सन्तोष ओसाको हिसाओसँग पराजित हुन पुगे । यससँगै उनको फाइनल खेल्ने सपना पूरा हुन सकेन । तर, रिपेचाजबाट उनी पदक जित्न सफल भए ।

सन्तोषले फाइटमा पनि प्रतिस्पर्धा गरेका थिए । फाइटतर्पm उनले पाँच बाउट जिते पनि पदकका लागि पर्याप्त भएन । यस विधामा पनि रिपेचाजबाट पदकका लागि भएको भिडन्तमा सार्दी मार्सेलोसँग अन्तिम समय समालिन नसक्दा सन्तोष अर्को पदकबाट चुकेका हुन् । फाइटमा सन्तोषले पहिलो खेलमा अमेरिकाका नाथानियल जुनियरलाई ७–० ले पराजित गरेका थिए ।

त्यसपछि उनले अमेरिकाका सोर्बी ओरिया र कारास्क्वेललाई हराउँदै अगाडि बढे । चौथो खेलमा भने सन्तोषले घरेलु टोलीका कुचुक्कसँग पराजित भएपछि फाइनलमा पुग्न योजना पूरा भएन । उनका प्रशिक्षक सुनिल लामाले आफ्ना खेलाडीले सन्तोष जनक प्रदर्शन गरेको र अन्तिम समयमा समालिन नसक्दा अर्को पदकबाट चुकेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal