आज :

रास्वपाका डीपी अर्याल सभामुख बन्ने निश्चित, गरे उम्मेदवारी दर्ता

  • अनलाइन डबली

काठमाडौँ । प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का उपसभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य डोलप्रसाद (डीपी) अर्याल बन्ने निश्चत भएको छ । रास्वपाभित्रै प्रधानमन्त्री बालेन साह समूले अर्याललाई सभामुख बनाउन नहुने भनेको हल्लाबीच उम्मेदवारी दर्ता भएको हो ।

अर्यालले शुक्रबार बिहान संसद् सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् । सभापति रवि लामिछाने अर्यालको प्रस्तावक बसेका छन् ।
अर्याल गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ९ बाट निर्वाचित भएका थिए ।

संसद सचिवालयले सभामुख पदमा उम्मेदवारी दर्ताका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको छ । लगत्तै दिउँसो साढे २ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका छ।

सभामुख पदका लागि यही चैत २२ गते निर्वाचन हुँदै छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal